साप्ताहिक संवाददाता
गायक तथा संगीतकार विनोद ढकालको नयाा गीत ‘दुःख’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको म्युजिक भिडियोमा नेपालकै कान्छा र्यापर ११ वर्षीय रोजन बराइलीले र्याप दिएका छन् ।
उक्त गीतमा र्यापर रोजन बराइलीकै शब्द रचना छ भने गायक बिनोद ढकालको संगीत छ । गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन ।
रक शैलीका गीत गाएर चर्चामा आउने रक गायक बिनोद बव मार्लीको समेत उपमा पाएका छन ।
लामो समयपछि आफ्नो लामो कपाल काटे लगतै बिवाह बन्धनमा बांधिएका गायक ढकालले आफ्नो गीतमा ११ वर्षीय र्यापरलाई प्रस्तुत गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।
भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । । सञ्जित श्रेष्ठद्वारा छायांकन गरिउको उक्त म्युजिक भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :