साप्ताहिक संवाददाता
आमाको मुख हेर्ने दिन भन्दैमा सामाजिक सञ्जालभरि आमाको फोटो पोस्टिने चलन कसले चलायो ?
इन्दु
एकसाथ दुईवटा जुनको उपस्थिति असम्भव छ, त्यसैले आमाको मुख हेर्ने दिन औंसीमा पर्छ । सबै आमाहरूमा नमन ।
प्रेम घर्ती
सानोमा आमाको मुख हेर्ने दिन बाबासँग पैसा मागेर मिठाई किनेर ख्वाइन्थ्यो, तर आज आफैसँग पैसा छ मिठाई किन्नलाई, तर आमा साथमा छैनन् ।
छायाँ
साँच्चै आफ्नी आमालाई ममी, मम् भन्नेहरूले आमाको मुख हेर्ने दिन के भनेर हेर्छन् होला ?
स्वाभिमानी
हाम्री आमा वृद्धाश्रममा छैनन् जसको मुख वर्षमा एक दिन हेर्नु परोस्, घरमा भएकी आमाको मुख हँसिलो बनाएर हेर्न मलाई ३ सय ६५ दिन नै आमाको मुख हेर्ने दिन आउँछ ।
पंकज
कहिल्लै नरिसाउने, कहिल्लै अँध्यारो अनुहार नहुने पूर्णिमाजस्तै उज्यालो मन भएकी आमाको मुख हेर्ने दिनचाहिँ किन औंसीमा पर्छ ?
मञ्जरी
आजको दिन मात्र होइन, हरेक दिन खुसी रहून् हरेक आमा । हरेक सन्ततिलाई सौभाग्य मिलोस्— आमाको काख, साथ अनि आमाको मुख हेर्ने दिनको– शुभकामना ।
लक्ष्मी श्रेष्ठ
म आमाबाट टाढा भएर के भो त ? मेरा लागि ३ सय ६५ दिन नै आमाको पूजा गर्ने दिन हुन् ।
भौंतारिएको मान्छे यो आमाको मुख हेर्ने दिन हो, फेसबुकमा अरूलाई आमाको अनुहार देखाउने दिन होइन ।
विश्वजित
आमाबाबाको मुख हेर्ने हरेक औंसी–पुर्णेले उही शोकको घाउ अझ बल्झाइदिँदो रहेछ ।
भुन्टी
आज त आमाको मुख हेर्ने दिन पो रहेछ त है ! एकाबिहानै आमा कराउँदै छिटो उठ न हौ, केही अर्हाएर माइत जानुपर्ने भन्दै हुनुहुन्थ्यो, साँच्चै कति खुसि देखिनुहुथ्यो आमा ?
गफाडी
नयाँ लुगा किन्न दसैं नै आउनुपर्छ भन्ने छैन, आफ्नी आमा सम्झिन आमाको मुख हेर्ने दिन नै आउनुपर्छ भन्ने छैन । आमाप्रतिको माया एक दिनका लागि मात्र होइन ।
पुष्पा श्रेष्ठ
वर्षभरि आफ्नी आमाको हालखबरसम्म नसोध्ने छोरो आमाको मुख हेर्ने दिन आमाका बारेमा ट्विट पोस्ट गरेर श्रवणकुमार बन्न खोज्दैछ ।
म नेपाली
आमाको मुख हेर्ने दिन सँघारमा छ, तर म... आमाबिना टुहुरिएँ, आमा हुनेहरू कति भाग्यमानी... तिमीहरू आफ्नी आमालाई नरुवाऊ है ।
चन्दा घिमिरे