साप्ताहिक संवाददाता
चलचित्रमा रुचाइएको अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री पूजा शर्माको जोडीलाई म्युजिक भिडियोमा पनि मन पराइएको छ ।
गायक रमेश पाठक तथा मेलिना राईको यूगल गीत ‘के गर्ने के गर्ने माया’ शीर्षकको गीतको म्युजिक भिडियो यूट्युबको ट्रेन्डिङमा उक्लिएको हो । उक्त गीतमा गायक पाठककै शब्द तथा संगीत सुन्न सकिन्छ ।
जिनियस म्युजिकको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त लोक पप गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।
शिव बिकद्वारा निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा आकाश र पूजाको जोडीलाई दर्शकले मन पराएका हुन् । भिडियोमा गोमा केसी र उमाकान्त सापकोटाले पनि अभिनय गरेका छन् ।
ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक बिककै कोरियोग्राफी छ । पवन सुस्लिङले भिडियोलाई सम्पादन गरेका हुन् ।
के गर्ने के गर्नेको म्युजिक भिडियो :