साप्ताहिक संवाददाता
वैशाख २४, २०७६
पोल्यान्डको राजधानी बार्सामा यो साता केराको पक्षमा एउटा अनौठो प्रदर्शन भयो । हालै सञ्चालनमा आएको एक आर्ट ग्यालरीले सन् १९७३ मा निर्माण भएको कन्जुमर आर्टलाई हटाएपछि केराको पक्षमा प्रदर्शन भएको हो ।
नातालिया लिलले केरालाई कामोत्तेजक ढंगले खाएको बताउँदै ग्यालरीले एउटा इन्स्टलेसन भिडियो हटाएपछि सर्वसाधारण केराको पक्षमा उत्रिएका हुन् ।
ग्यालरीका सञ्चालक जर्जी मिजिओलिकलाई केही दर्शकले उक्त भिडियो अश्लील किसिमको भएको बताएपछि त्यसलाई त्यहाँबाट हटाइएको थियो । यता सर्वसाधारणले केरा खानु अश्लील कुरा नभएको जनाउँदै केराको पक्षमा प्रदर्शन गरेका थिए ।