साप्ताहिक संवाददाता
वैशाख ३०, २०७६
गायक दिपक लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । दामोदर गौतमले लेखेको ‘आँसु झर्यो’बोलको गीत लिम्बुको स्वरमा सार्वजनिक भएको हो । गीतमा रियाज शिवाकोटीले संगीत भरेका छन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । गीतको म्यूजिक भिडियोमा अर्जुन थापा र शुशिला थापाले अभिनय गरेका छन् ।
बबिता श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा बसु बरालको छायांकन तथा राजेश कुमारको सम्पादन रहेको छ ।
आँसु झर्योको म्यूजिक भिडियो :