साप्ताहिक संवाददाता
जेष्ठ ३, २०७६
भारतीय च्यानल जिटिभीबाट प्रसारण भैरहेको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्सको टप ९ मा भक्तपुरका आयुष केसी तथा इटहरीका प्रितम आचार्य दुवै जना पर्न सफल भएका छन् ।
उनीहरू टप ३० बाट टप १५ अनि टप ११ हुँदै टप ९ मा पर्न सफल भएका हुन । साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै टप ९ मा पुग्न सफल आयुष तथा प्रितमलाई यतिबेला देश तथा विदेशबाट शुभचिन्तकहरूको समर्थन प्राप्त भैरहेको छ ।