साप्ताहिक संवाददाता
विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मन हिलारीको पहिलो पाइला परेको दिनलाई एभरेष्ट डेको रुपमा मनाउन चलन छ । यसपटकको एभरेष्ट डे जेठ १५ गते बुधवार मनाईँदैछ ।
एभरेष्ट डेको अवसर पारेर यसपटक पनि ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउँ’ भन्ने मुल नाराका साथ भिजिट नेपाल २०२० को प्रचार–प्रसारमा समेत सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सोलुखुम्बुको नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा नाम्चे युवा समुह तथा पार्टी एझरेष्ट इन्टरटेन्मेन्ट इन्टरनेशनलको संयुक्त आयोजनामा यो कार्यत्रम आयोजना गर्न लागिएको हो ।
ऊक्त कार्यत्रममा कलाकारहरु श्रेया सोताङ, प्रकाश सपूत, दिपक लिम्बु, डोमा शेर्पा, जेनी शेर्पाका साथमा डिजे तेन्जिङको विशेष प्रस्तुती रहने छ । सोलुखुम्बु जिल्ला पर्यटकीय दृष्टिकोणले प्रख्यात मानिन्छ । त्यहाँ वर्षेनी विभिन्न आन्तरिक तथा बाहृय पर्यटकको घुइँचो लाग्ने गर्छ ।