साप्ताहिक संवाददाता
जेष्ठ १०, २०७६
काठमाडौं
आधुनिक गीत ‘मेरो कहानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा कविता गौतम र सुमन खतिवडाले अभिनय गरेका छन् ।
मोडल कविता गौतमकै स्वर रहेको गीतको भिडियो ललितपुरमा रहेको रमणीय स्थल गोदावारीमा खिचिएको हो । आफुले मन पराएको प्रेमी गुमाएको काल्पनिक घटनामा आधारित गीत र भिडियो हालै युट्युवबाट सार्वजनिक गरिएको हो ।
सुवास पौडेलको लिरिक्स तथा म्युजिकमा निर्माण गरिएको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । सुन्दर बास्कोटाको सिनेम्याटोग्राफी, नविन घर्तीको सम्पादनमा भिडियो निर्माण गरिएको हो ।
भिडियो