साप्ताहिक संवाददाता
रोहित अधिकारीले निर्माण गर्दै गरेको चलचित्र ‘छ माया छपक्कै’को अहिले सिन्धुलीमा छायांकन भैरहेको छ । अभिनेत्रीका रुपमा केकी अधिकारीलाई अनुबन्ध गरेर फ्लोरमा गएको यो चलचित्रमा अर्की अभिनेत्री सुपुष्पा भट्टको इन्ट्री भएको छ ।
चलचित्रको शुभसाइत समारोहमा नायिका केकी अधिकारीलाई मात्र यसको निर्माणपक्षले मुख्य नायिकाको रुपमा सार्वजनिक गरेको थियो । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरिरहेका छन् ।
चलचित्रमा सुपुष्पाको भूमिका लामो नरहेको निर्माण पक्षले जनाएको छ । छोटो भूमिकाका लागि चलचित्रमा भित्रिएकी सुपुष्पालाई चलचित्र हेरेपछि दर्शकले सम्झिने कलाकार तथा लेखक दिपकराज गिरी बताउँछन् ।
चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई दशैंमा रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ ।