साप्ताहिक संवाददाता
डिस्काउन्ट अफर पनि कस्ता–कस्ता ? चीनमा एउटा यस्तो क्याफे छ जहाँ ठूला वक्षस्थल हुने महिलालाई छुट प्रदान गरिन्छ । ट्रेन्डी स्रिम्प्स नामक उक्त क्याफेले वक्षस्थलको आकारका आधारमा छुट दिने अफर सार्वजनिक गरेपछि त्यसले चर्चा र विवाद निम्त्याएको छ ।
ट्वीटरमा सार्वजनिक भएको विज्ञापनमा वक्षस्थलको आकार जति ठूलो भयो महिलाले उति नै कम मूल्यमा क्याफेमा खान पाउने कुरा उल्लेख छ । विज्ञापनमा ब्राको कप साइज र मूल्यको सूची उल्लेख गरिएको छ भने विज्ञापनमा एउटा स्लोगन पनि लेखिएको छ– ‘सहरभरि ठूला वक्षस्थलको खोजी छ ।’
उक्त पोस्टर सार्वजनिक भएपछि विवादका कारण त्यसलाई हटाइयो । यता क्याफेका म्यानेजर लान सेंगाङ आफ्नो बिक्री रणनीतिको बचाउ गर्छन् । जब यो अफरको घोषणा भयो तब हाम्रा ग्राहकको संख्यामा २० प्रतिशतले वृद्धि भयो । हामीले भेटेका केही महिला आफ्नो स्तनप्रति निकै गौरवान्वित थिए र उनीहरूका लागि लुकाउनुपर्ने चिज केही थिएन ।