जेठ २९ गते : बालश्रमविरुद्ध दिवस
जेठ ३० गते : निर्जला एकादशी, तुलसी बीज रोपण ।
मेष
सातामा सुरुका दिनमा घरायसी तथा अफिसयल जिम्मेवारी आइलाग्न सक्छ । परिवारका सदस्यसहितको भ्रमणमा कसैको चित्तदुखाइ हुनसक्छ, जसप्रति हेक्का राखी काम गर्नु उचित हुन्छ । सवारी साधन खरिद गर्ने अवसर छ । साताको अन्त्यमा चिसोबाट टाढै रहनु बेस हुन्छ ।
वृष
खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ । मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल राख्नुहोला । नयाँ अवसर हात लाग्ने सम्भावना नजिकिँदो छ । पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । प्रेमी–प्रेमिकाको आग्रह स्वीकार गर्दा घरायसी सरसामानको जोहो हुनेछ ।
मिथुन
मित्रवर्गको सहयोगका कारण अरूको मन जित्न सकिनेछ, जसले जिम्मेवारी वहन गर्ने अवसर दिलाउनेछ । श्रृंगार तथा सजावटको काममा सफलता हात लाग्नेछ । गुलिया वस्तु कम सेवन गर्नुहोला । बुधबारपछिको समय प्रेरणादायक रहनेछ ।
कर्कट
शुभकार्यका लागि सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला । सामानहरू छुट्ने–हराउने खतरा टरेको छैन । पहेंला धातु तथा विलासिताका सामान खरिद हुनसक्छ । पारिवारमा मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुन सक्छ ।
सिंह
कर्मचारीवर्गले कार्य सम्पादन गर्दा विशेष संयम अपनाउनुहोला । स–साना त्रुटिले तपाईंको मर्यादामा चोट पुर्याउन सक्छन् । सोमबारपछिका दिनमा विशिष्ट व्यक्तिहरूसँग भलाकुसारी हुनेछ । सुनौलो रंग प्रयोग गर्दा तपाईंको मेहनत खेर जानेछैन ।
कन्या
बेरोजगारहरूका निम्ति रोजगारीको अवसर फेला पर्ने सम्भावना छ । बलमिच्याइँ गरे काम बिग्रन सक्छ । मेहनतले कार्य सम्पन्न गर्दा सफल भइनेछ । खर्च बढी भए पनि विदेश जाने प्रक्रिया अघि बढाउँदा फलिफाप हुनेछ । साताको अन्त्यमा मनोरञ्जक कार्यक्रममा सहभागी भइनेछ ।
तुला
सामूहिक लगानीको कार्य गर्दा अभिभावकहरूको सुझाव अनुसरण गर्नुहोला । विपरित लिंगी साथीबाट प्रेम–प्रस्ताव प्राप्त हुनसक्छ, ढिलो निर्णय दिँदा सुरक्षित भइनेछ । परिस्थिति पहिचान गरी सम्पन्न गरिएको कार्यले उचित स्थान पाउनेछ । आर्थिक कारोबारमा सेता तथा नीला वस्त्रले ऊर्जा प्रदान गर्नेछन् ।
वृश्चिक
अग्रज अनुभवी सदस्यको सुझाव अवलम्बन गर्न सके व्यवहारिक नोक्सानबाट सुरक्षित भइनेछ । आलोचना गर्नेहरू बढी भए पनि पराजयको सामना गर्नुपर्नेछैन । विपरीत लिंगीले मन पराएर प्रस्ताव राख्न सक्छन्, हतारमा निर्णय नगर्नुहोला । साताको अन्त्यमा भोजभतेरमा सहभागी भइनेछ ।
धनु
स्वार्थी साथीहरूका कारण मन खिन्न हुन सक्छ । कार्य सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला । मन पराउने साथीहरूको भावना मुताबिक चल्न सके विशेष फाइदा हुनेछ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । बेसार रंगको प्रयोगले मानसिक राहत प्रदान गर्नेछ ।
मकर
तपाईंको उन्नति देखेर ईर्ष्या गर्नेहरू छटपटाउनेछन् । तत्काल लगानी गर्न समस्या भए पनि दिगो आम्दानीको अवसर हात लाग्ने सम्भावना छ । प्रेममा दुविधा बढ्न सक्छ, हतारमा निर्णय नगर्नुहोला । भोजभतेर एवं मनोरञ्जनमा सहभागी हुँदा पैसा, प्रतिष्ठा तथा समयलाई नबिर्सनुहोला । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला ।
कुम्भ
नयाँ रोजगारी हात फार्न शक्तिशाली व्यत्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनौतीका रुपमा शिरोधार्य गर्नुहोला । प्रतिभा प्रदर्शन गर्ने क्रममा नयाँ साथी फेला पर्ने सम्भावना छ । साताको अन्त्यमा मान–प्रतिष्ठा प्राप्त हुनुका साथै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ ।
मीन
राजनीति तथा विवादित विषयमा नेतृत्वदायी कार्य सम्पन्न गर्न अग्रसर भइनेछ । मनभित्र उब्जने चञ्चलताप्रति संयमित रहनुहोला । कुरा काट्नेहरू गुप्त रूपमा सलबलाउने सम्भावना छ । प्रेमी–प्रेमिकाबीचको तीतोपन उचाइमा पुगेर पुनः प्रेम तथा विश्वासमा परिणत हुनेछ । राति अबेरसम्मको यात्रामा सावधानी अपनाउनुहोला ।