• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विवाह मण्डपबाट दुलही छोडेर हिँडेपछि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल श्रेष्ठ

विवाह मण्डपबाट दुलही छोडेर हिँडेपछि
जेष्ठ २७, २०७६

मोरङ जहदा गाउँपालिका– ४ का २४ वर्षीय लक्ष्मण राजवंशीले सोही गाउँपालिकाकी २१ वर्षीया सीता (नाम परिवर्तन) सँग विवाह गर्ने निधो भयो । केटा र केटीले एक–अर्कालाई मन पराएपछि उनीहरूको परिवारले जेठ ४ गते परम्परागत रीतिरिवाजअनुसार विवाह गर्ने साइत जुराए । दुवै घरपरिवार विवाहको तयारीमा जुटे । विवाह पक्का भएपछि सीताका बुबा खर्च जुटाउनतर्फ लागे । तराइवासी मधेसी समुदायमा केटा पक्षले दुलही हेर्न आउँदा तिलक माग्ने चलनका कारण अधिकांश परिवार पीडित छन्, तर लक्ष्मणको परिवार तथा आफन्तले सीताको परिवारसँग तिलक (दाइजो) को नाममा कुनै माग राखेनन्, जसका कारण सीता लक्ष्मणबाट निकै प्रभावित समेत भइन् ।

केटा पक्षले कुनै माग नगरे पनि आफ्नी छोरीलाई एकसरो सबै सामान दिने रहर गर्दै उनका बुबा विवाहको तयारीमा लागे । सामान्य खेती–किसानी गर्ने सीताको परिवारका लागि एकसरो सबै सामान दिनु पनि ठुलै कुरा थियो । विवाहको तयारी एवं सरसामान खरिदका लागि उनका बुबाले एक बिघा जग्गा धितो राखेर गाउँकै साथीभाईसँग २ लाख रुपैयाँ जुटाए । थप ३ लाख रुपैयाँ उनले खेतीपातीबाट भएको आम्दानीबाट खर्च गरे ।

मागी विवाह भएकाले सीताको मनमा केही डर, कौतूहलता तथा विवाहको उत्सुकता पनि थियो । निक्कै खुसी थिइन् उनी । विवाहको सम्पूर्ण तयारी पूरा भएपछि केटा पक्ष जन्ती लिएर जेठ ४ गते बेहुली लिन दुलहीको घरमा पुगे । बेहुली पक्षले आफ्नो रीतिरिवाजअनुसार विधि पूरा गरी बेहुला र जन्तीलाई स्वागत गरे । बेहुला मण्डपमा बसे । उनले चारैतिर आँखा घुमाए । बेहुली पक्षसँग उनले अपेक्षा गरेअनुसारको तिलक (दाइजो) देखेनन् । तिलक नदिएको झोकमा बेहुला रिसले रन्थनिए । त्यसपछि बेहुला राजवंशी मण्डपबाट उठे । बधु पक्षले बेहुला किन मण्डपबाट उठे भन्ने जिज्ञासा राखेपछि बेहुला लक्ष्मणले डेढ तोलाको सुनको सिक्री दिए मात्र बेहुली लिएर फर्कने कुरा बताए । 

विवाहलाई लिएर उत्सुक सीताको खुसी धेरै समय टिक्न सकेन । लक्ष्मणले विवाह सम्पन्न भैसकेपछि सुनको सिक्री तथा मोटसाइलको माग गर्दै बेहुली नलाने अडान कसेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । सीताको परिवार र स्वयं लक्ष्मणकै आफन्तले पनि उनलाई त्यसो नगर्न सम्झाए, तर उनले नमानेको बरु सिक्री नदिएसम्म बेहुली नलाने र छोडपत्र गर्ने भन्दै अडान कसेपछि आफूहरू अलमलमा परेको स्थानीय बासिन्दाहरू बताउँछन् । त्यस दिनको विवाह त्यहीं रोकियो । 

दुलहा, दुलही छोडेर हिँडेपछि बेहुली पक्षले प्रहरी कार्यालयमा उजुरी दर्ता गरायो । पीडितले दिएको उजुरीका आधारमा दाइजो नदिएको भनि विवाह रद्द गर्ने बेहुला लक्ष्मण राजवंशीलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले बताए । ‘बेहुलाले बेहुली पक्षसँग मोटरसाइकल, सुनको सिक्री तथा डायनिङ टेबल माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने । प्रहरीले पक्राउ परेका राजवंशीलाई बिहीबार जिल्ला अदालत मोरङमा मुलुकी अपराध ऐन–२०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएपी श्रेष्ठले बताए । केटी पक्षले विवाहमा भएको ५ लाख रुपैयाँ खर्च केटा पक्षले क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेको छ । 

यस्तो छ कानुनी व्यवस्था

अपराध संहिताको दफा– १७४ मा विवाहमा लेनदेन गर्न नहुने व्यवस्था छ । सोही दफाको उपदफा– २ अनुसार कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

त्यस्तै उपदफा–३ मा कसैले विवाह गरी सकेपछि चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएका कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गरेको खण्डमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उपदफा– ५ मा त्यसरी कुनै सम्पत्ति लिएको छ भने पनि त्यस्तो सम्पक्ति सम्बन्धित व्यत्तिलाई फिर्ता दिनुपर्ने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik