साप्ताहिक संवाददाता
असार १, २०७६
संसारकै सबैभन्दा महँगो मानिएको एउटा रिसोर्ट फिलिपिन्सको एउटा टापुमा सञ्चालनमा आएको छ । १५ एकड क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा ६ वटा बेग्लाबेग्लै भिल्ला निर्माण गरिएका छन् ।
प्रत्येक भिल्लामा ८ जनाका लागि सबैखाले आधुनिक सुख–सुविधा जुटाइएको छ भने प्रत्येक भिल्लाको छतमा इनफिनिटी पुल निर्माण गरिएको छ ।
उक्त रिसोर्टसम्म पुग्न सी प्लेन तथा हेलिकप्टर प्रयोग गर्नुपर्ने हुन्छ । यो रिसोर्टको एउटा भिल्लामा एक रात बिताउन १ करोड १२ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।