संगीत  दिवसको प्रारमभ

- साप्ताहिक संवाददाता

असार ८, २०७६

संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाइन्छ । संगीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।

संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ । नेपालमा भने वि.सं. २०५४ सालदेखि विश्व संगीत दिवस मनाउन थालिएको हो । फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक ल्याङले सन् १९८१ मा सर्वप्रथम विश्व संगीत दिवस मनाउने अवधारणा सार्वजनिक गरेका थिए ।

त्यसअघि अमेरिकाकी संगीतकार योएल कोहेनले सन् १९७६ मा यो दिवस मनाउने कुरा चलाएका थिए । उक्त वर्ष फ्रान्समा मात्र मनाइएको विश्व संगीत दिवस बिस्तारै विश्वभर नै मनाउन थालिएको हो । जुन २१ वर्षकै सबैभन्दा लामो दिन हो ।

लामो दिन कसरी बिताउने भन्ने जिज्ञासाको समाधान खोज्ने क्रममा संगीत सुनेर बिताउनु उपयुक्त हुन्छ भन्ने मान्यताले पनि यो दिवसको जन्म भएको मान्नेहरू धेरै छन् । त्यसै पनि संगीत विश्वव्यापी भाषा मानिन्छ । विश्वव्यापी भाषा भएकैले नेपालमा पनि विश्व संगीत दिवस मनाउन थालिएको छ ।

मादल, सारंगी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिक बाजाहरूले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाएको छ । नेपालमा २०४५ सालदेखि विश्व संगीत दिवस मनाउन थालिएको हो । 

प्रकाशित :असार ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्