साप्ताहिक संवाददाता
असार ९, २०७६
पूजाआजा तथा कुनै सांस्कृतिक कार्यक्रममा अगरबत्ती प्रयोग गरिन्छ । यसको प्रयोग पूजापीठमा धेरै पहिलेदेखि नै हुँदै आएको छ । कतिपयले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्छन् ।
धेरैलाई अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ भन्ने जानकारी नहुन सक्छ । नकारहरूका अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ । यसबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर हुने खतरा बढाउने तथ्य पत्ता लागेको छ ।
अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने धारणा चिकित्सकहरूको छ ।