साप्ताहिक संवाददाता
सेतो कात्रोमा गोजी हुँदैन,
किन तछाज मछाड गर्छौ ए मान्छे,
मृत्युपछि यहाँ खोजी हुँदैन
यि हरफहरुले अक्सर मान्छेलाई एक पटक गम्भिर बनाउँछ । गीतका हरफरले मान्छेलाई एकैछिन् भएपनि उदार बन्न अभिप्रेरित गर्छ । जीवनप्रतिको गाम्भिर्यता र मृत्य पछिको सत्यतालाई आत्मसाथ गरेर लेखिएको यो गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
कल्पना खरेलले लेखेको उक्त गीतमा लोकप्रिय संगीतकार हरि लम्सालले स्वर दिएका छन् । गीतमा संगीतकार लम्सालकै संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । गीत मार्फत पछिल्लो समय समय समाजमा बढ्दै गएको अहंकारको र एक्लिदो समाजलाई सत्य बुझाउन सफल देखिन्छिन् गीतकार खरेल ।
त्यसो त नेपाली सुगम संगीतमा कहलिएका संगीतकार हुन हरि लम्साल । उनले संगीत गरेका थुप्रै गीत लोकप्रिय छन् । तर, उनी पछिल्लो समय गायनमा पनि निक्कै जमेका छन् । यस अघिनै ‘परानै दिन्छु’ बोलको गीत मार्फत गायनमा चर्चा बटुलेका हरि लम्साल यो गीतको गायनमा पनि सरल तरिकाले बहेका छन् । यो गीतको सार्वजनिक लिरिकल भिडियोले छोटो समयमानै राम्रो चर्चा बटुल्न सुरु गरेको छ ।
गीतको लिरिकल भिडियो :