साप्ताहिक संवाददाता
नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’बाट पुरस्कृत ११ वर्षे आयुष्मा तिवारीको बाल गीत मेरी बहिनीको भिडियो सार्वजनिक भएको छ । प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । पछिल्लो समय बालबालिकाहरु विदेशी कार्टुन र गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमा नै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको हो ।
जसमा एउटी दिदीले आफ्नी सानी बहिनीको बाल स्वभाव, श्रृजनशिलता, लगायतका आनी बानीलाई वर्णन गरेको कुरालाई नजिकबाट केलाइएको छ । मिलन श्रेष्ठ र केशव पाण्डेले एनिमेशन गरेको भिडियोलाई साना साना नानीहरुलाई लक्षीत गरेर निर्माण गरिएको आयुष्माले बताइन् ।
अत्यन्त जिज्ञासु स्वभावकी आयुष्माले सृजना गरेको मेरी बहिनी बोलको गीत सार्वजनिक गरिएसगै बालबालिकाका लागी प्रेरक भइरहेको प्रतिक्रिया आइरहेको छ ।
गीतको म्यूजिक भिडियो :