साप्ताहिक संवाददाता
असार १८, २०७६
गायक सचिन रौनियार पुनः एकपटक आफ्नो नयाँ गीत ‘माया सरर’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।
‘ए मान्छे‘’ गीतको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक रौनियारलाई संगीतकर्मी जीतेन लेप्चाले साथ दिएका छन् । गीतका शब्द तथा संगीत पनि जितेन लेप्चाकै हो ।
भिडियोमा अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । गीत रोमान्टिक भएका कारण यस गीतलाई पनि दर्शकले मन परादिनेमा आफू विश्वस्त रहेकाको गायक रौनियारको विश्वास छ ।
यस्तो छ भिडियो :