• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नेपालमा बिदेशी फ्रेन्चाइजकै दबदबा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

नेपालमा बिदेशी फ्रेन्चाइजकै दबदबा
असार १९, २०७६
काठमाडौं

नेपाली टेलिभिजनमा अन्तराष्ट्रिय फ्रेन्चाइज लोकप्रिय बनिरहेका छन् । नेपाल आइडल, हिमालय रोडिज, द भ्वाईस, बुगी बुगी र पछिल्लो समय को बन्छ करोडपति भित्रिएको हो । नेपालमा भित्रिएका अधिकांश विदेशी फ्रेन्चाइजले दर्शकको मन जितेका छन् ।

पछिल्लो समय नेपाली टेलिभिजनमा सर्वाधिक रुचाइएको फ्रेन्चाइज हो, ‘को बन्छ करोडपति’ । ‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’ को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबिच समेत उत्तिकै चर्चित थियो र अहिलेपनि उत्तिकै लोकप्रिय छ । त्यसैको नेपाली संस्करण हो ‘को बन्छ करोडपति’ । हिन्दि संस्करण भारतका महानायक अमिताभ बच्चनले चलाएका थिए । नेपाली संस्करण नेपालका महानायक राजेश हमालले ।

यो शो नेपालमा सर्वाधिक धेरै राशिको पुरस्कार भएको ट्यालेन्ट शो हो । यो शो भन्दा धेरै राशिको पुरस्कार प्रदान हुने अन्य कुनैपनि नेपाली कार्यक्रम छैन । यसअघि कौन बनेगा करोडपतिबाट प्रभावित हुँदै ‘नगद पाँच लाख’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । त्यसलाई चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले संचालन गरेका थिए । तर, प्रतियोगीलाई पुरस्कार रकम दिन नसकेको भन्दै अदालतमा मुद्दासमेत परेको थियो । यसलाई मदनकृष्णले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् ।

एपी वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपती’ एसआरविएन मिडियाले नेपाल भित्राएको हो । अन्तराष्ट्रिय फ्रेन्चाइज भएपनि नेपाली फ्लेबर दिएको आयोजकले दोस्रो संस्करण थप भब्य बनाउने जनाएको छ ।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो । ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन थिए । पहिलो संस्करणमा राजिव जैनले १ करोड जितेर पहिलो करोडपति बनेका थिए ।

एसआरविएनले निकट भविष्यमा अरु केहि कार्यक्रम समेत नेपाल ल्याउने योजना गराएको छ । तर, के कस्तो किसिमको कार्यक्रम ल्याउँने तयारी गरेको छ त्यो भने खुलाइएको छैन ।

नेपाल आइडल नेपालमा भित्रिएको लोकप्रिय फ्रेन्चाइजमध्येको एक हो । यो विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण हो । पहिलो सिजनमा बुद्ध लामा आइडल घोषित भए । फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास बन्न पुगे ।

पहिलो संस्करणका आइडल विजयी लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरे । दोस्रो बनेका भट्टराईले १५ लाख रुपैयाँ पुरस्कार पाए । तेस्रो हुने प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाए।

पहिलो संस्करणको तुलनामा केहि कम चर्चा पाएको दोस्रो संस्करणमा रबि ओड आइडल बने, फस्ट रनरअप विक्रम बराल र सेकेण्ड रनरअप सुमित पाठक घोषित भए । विजयी बनेका रवीले होण्डाको डब्लु आरबी गाडिसँगै नगद २२ लाख नगद प्राप्त गरे भने फस्ट रनरअप विक्रमले २० लाख, सेकेण्ड रनरअप सुमीतले १२ लाख प्राप्त गरे ।

हिमालय रोडिज केहि बर्षअघि नेपालमा भित्रिएको हो । केहि बर्षमै लोकप्रियता कमाएको यो रियालीटी शो ‘हिमालय टेलिभिजन’ बाट प्रशारण भएको थियो । युवापुस्तामा लक्षित रियालीटी शोको पहिलो संस्करणमा समन श्रेष्ठ विजेता भएका थिए । उनले ८ लाख ८० हजार रुपैया नगद र बजाज एभेन्जर बाइक पुरष्कार जिते ।

हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को बिजेताको उपाधी आयुष श्रेष्ठले जितेका थिए । फाइनल प्रतिस्पर्धामा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए । विजेताको उपाधीसंगै आयुसले दश लाख नब्बे हजार रुपैयाँ नगद र यामाहा एफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरे । बिजेताले कुल २० लाख रुपैयाँ प्राप्त गर्न सक्ने थिए । तर, जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिस्पर्धिहरुले कुल दश लाख नब्बे हजार मात्र जित्न सके । सबैलाई पछि पार्दै आयुसले उक्त रकम हात पार्न सफल भए ।

हिमालय टेलिभिजनवाट प्रशारण भएको हिमालय रोडिजमा प्रतिस्पर्धिहरुको शारिरीक, मानसिक र बौद्धिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यवहारको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिस्पर्धिबिचको आपसी विवाद र खिचातानीले अझ रोमान्चकता थप्छ । भारत लगायत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज भायकम १८ को फ्रेन्चाइज हो । लोकप्रियतासंगै अनेक विवाद खेपिरहने यो रियालीटी शोको निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन् ।

डान्स रियालिटी शो बुगी वुगीको नेपाली संस्करणमा सर्लाहीकी १८ वर्षीया कविता नेपालीले नेपालकै पहिलो डान्सिङ सुपरस्टारको उपाधि चुमेकी हुन् । एपी वान टेलिभिजनबाट प्रस्तुत यो अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगी वुगी’ को फाइनल शोमा आफ्ना अन्तिम २ प्रतिस्पर्धीलाई उत्कृष्ट नृत्य प्रस्तुततिले पछाडि पार्दै कविताले उपाधि चुमेकी हुन् ।

उपाधि चुमेबापत उनले नगद २५ लाख रुपियाँ पाइन् । नेपाली बुगी वुगीमा प्रगति पुनले फस्ट रनर्सअप हुँदै ६ लाख रुपैयाँ पाएकी थिइन् । सरोज मोक्तानले सेकेन्ड रनर्सअप हुँदै ४ लाख रुपैयाँ पाए । बुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट ३ हजार नृत्य प्रतिभा सहभागी भएका थिए । तीमध्ये १ सय ५० जनालाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरूमध्येबाट १८ जना प्रतियोगी छानिएका थिए । त्यसबाट पनि भिडियो, कला प्रदर्शनलगायत विभिन्न कठिन राउन्ड पार गर्दै उत्कृष्ट ३ नृत्य प्रतिभा छनोट भएका थिए । अन्तिम राउन्ड २ सातासम्म चलेको थियो । भारतीय फ्रेन्चाइज ‘बुगी बुगी’ झण्डैं ८ महिनासम्म चलेको थियो ।

द भोइस अफ नेपाल अन्तराष्ट्रिय टेलिभिजन द भ्वाईसको फ्रेन्चाइज हो । पहिलो संस्करणमा समूह दीपबाट सीडी विजय अधिकारी विजयी भए । विजयी बनेका अधिकारीले नगद २५ लाख तथा रेनोभोको कार प्राप्त गरे । गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को दोस्रो सिजन आगामी महिना अर्थात साउन पहिलो सातादेखि प्रशारण हुने जनाइएको छ ।

लक्ष्मण पौडेलको निर्देशन रहने शो यसपटक हिमालयन एचडीबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ । साउन पहिलो सातादेखि प्रशारण हुने शोमा झन्डै २३ हजार प्रतिभाले डिजिटल अडिसनमा सहभागिता जनाएको यसका आयोजकले जानकारी दिएको छ ।

नेपाली कार्यक्रम पछि, बाहिरकै अघि !

सोच्ने हो भने सामान्य लाग्छ तर सामान्य कुरा होइन । दर्शक नेपाली नै हुन् । पुरस्कार पनि नेपाली आयोजक नै दिने हो । आयोजक नेपालकै हो । टेलिभिजन नेपाल कै हो । तर, नेपालीहरुले उत्पादन गरेका कार्यक्रम किन बाहिरका फ्रेन्चाइजको तुलनामा सधै पछि पर्छन् ? यो सोचनिय विषय हो ।

नेपालमा अहिलेसम्म धेरै प्रतिस्पर्धात्मक शो प्रशारण भए । तर, कुनैपनि शो स्थापित हुन सकेको छैन । नेपालका टेलिभिजनमा फ्रेन्चाइजकै दबदबा छ ।

को वन्छ करोडपती आयोजक एसआरविएन मिडियाकी क्रियटिभ हेड सुरक्षा अधिकारी भन्छिन्, ‘को बन्छ करोडपती मात्रै होइन नेपालमा आएका बाहिरका फ्रेन्चाइजले सम्भावना देखाइदिएको छ, मिहेनतले काममा लाग्नेहो भने नेपालकै कार्यक्रम स्थापित गर्न सक्छौं ।’ उनले नेपालमा बाहिरका फ्रेन्चाइज हिट हुँदा यसले नेपालीहरुले आफै नयाँ कार्यक्रम निर्माण गराएर चलाउन सक्ने सम्भावना देखाइदिएको बताइन् । उनि थप्छिन्, ‘हामिहरुले आफै नेपालमै उत्पादन गरेर नयाँ कार्यक्रम घोषणा गर्ने सोच गराएका छौं ।’

द भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले विदेशी कार्यक्रमको आफ्नै किसिमको सिस्टम हुने र त्यसअनुसार चल्दा नेपालमा आएका फ्रेन्चाइज लोकप्रिय भएको बताए । उनले भने, ‘नेपालीहरुले आफै नयाँ कार्यक्रम बनाएर चलाउन सक्नेहो भने असम्भव छैन, नगरेर मात्रै हो ।’

अब कुन फ्रेन्चाइज आउला ?

नेपाली दर्शकहरु यति धेरै चतुर छन् की विदेशका टेलिभिजनहरुमा कुन–कुन कार्यक्रम प्रशारण भैरहेको छ ? कुन प्रशारण हुनेवाला छ ? पत्तो पाइहाल्छन् । विदेशि टेलिभिजनका लोकप्रिय कार्यक्रमहरु नेपाली दर्शकहरुले हेर्ने गरेका छन् । नेपालीहरुले सर्वाधिक रुचाउने एउटा विदेशी शो, सारेगमप लिटिल च्याम्प्स ।

पछिल्लो समय भारतीय रियालिटी शो सारेगमप लिटल चाम्प्समा नेपालका प्रितम आचार्य दोस्रो रनरअप भएका थिए । उनको नेपालमा निकै चर्चा भएको थियो भने कार्यक्रम भारतमा भएपनि नेपालमा यसले निकै चर्चा पाएको थियो ।

जिटिभीबाट प्रशारण भैरहने यो कार्यक्रम भारतसँगै नेपालमा पनि उत्तिकै लोकप्रिय छ । सोहि कारण यो कार्यक्रम नेपाल भित्रिए, यसले नेपाली दर्शकको मन जित्ने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, नेपालमा विगवोस, मास्टरसेफ, फियर फ्याक्टर लगायतका अन्र्तराष्ट्रिय रियालिटी शो पनि आउन सक्ने सम्भावना छ ।

त्यसो त केहि बर्षअघि नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याउने निश्चित भएको खवर निकै भाइरल भएको थियो । तर, यो कार्यक्रम आउन सकेन । त्यस्तै, गट ट्यालेन्ट समेत आउने हल्ला भएको धेरै भयो । तर अहिलेसम्म आउन सकेको छैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik