साप्ताहिक संवाददाता
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक गरिएको छ । आजै पोस्टर समेत सार्वजनिक गरिएको छ । आज आइतबार इन्टरनेटबाट सार्वजनिक गरिएको चलचित्र आगामी भाद्र १३ गतेबाट रिलिज हुनेछ ।
यो चलचित्र निर्माण घोषणा भएको चार महिना मै हलमा रिलिज हुन लागेको हो । स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि।बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
बासुरी फिल्म्सको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् ।