साप्ताहिक संवाददाता
असार २३, २०७६
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक डार्क कमेडी टिजरमा चलचित्रका शिर्ष पात्र दयाहाङ राई, उपासना सिंह ठकुरी, रेश्मा गुरुङ र विजय बराल समेटिएका छन् ।
यो चलचित्रमा दया, उपासना, रेश्मा र विजयका साथमा तामाङ, कर्मा शाक्य, विल्सनविक्रम राई लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको यो चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखनमा सहकार्य गरेका छन् ।
स्वजातिय विवाह र अर्न्तजातिय प्रेम सम्बन्धको कथालाई केन्द्रमा रखेर निर्माण गरिएको यो चलचित्र बासुरी फिल्मसको निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।
चलचित्रको टिजर :