साप्ताहिक संवाददाता
तिम्ल्याहा डाक्टरका बाबु अर्थात् गायक शिव देवकोटाको ‘क्या दामी देखियौ’ बोलको तीज गीत सार्वजनिक भएको छ । देवकोटाकै शब्द, संगीत र स्वर रहेको यो गीतमा गायिका देवी घर्तीको पनि स्वर सुन्न सकिन्छ ।
उक्त गीतको भिडियोमा मोडल पुजन घिमिरे र रमेश थापाले अभिनय गरेका छन् । शिव बिःकले कोरियोग्राफी गरेको उक्त भिडियोलाई शम्भू चालिसेले छायाँकन गरेका हुन् । थली, डाँछीस्थित माउन्ट एभरेष्ट माविका प्रिन्सिपल समेत रहेका देवकोटाले वर्षेनी तीज गीत सार्वजनिक गर्दै आएका छन् ।
गीतलाई एस थ्री के इन्टरटेनमेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो । उनको यो दोस्रो तीज कोशेली हो । तीज बाहेक उनको २५ भन्दा बढी गीत बजारमा आइसकेका छन् । गत वर्ष उनले तीजको बरिलै बोलको गीत ल्याएका थिए । उनका तिम्ल्याहा डाक्टर छोराहरू सौगात, सौजन, सौरज केही वर्षयता चर्चामा छन् ।
गीतको म्यूजिक भिडियो :