साप्ताहिक संवाददाता
गायक आर्जन पाण्डेले अभिनेत्री केकी अधिकारीलाई छाडिदिएका छन् । गायक पाण्डेले केकीको साटो अभिनेत्री रीमा विश्वकर्मालाई रोजेका छन् ।
आर्जनले केकीको साटो रीमालाई रोज्ने कारण भने उनकै नयाँ गीत ‘घाँटी भन्दा तल...’ को म्युजिक भिडियो हो । यसअघि आर्जनका अधिकांश म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी थिइन् । बुधवार सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा भने गायक पाण्डेले गायिका विश्वकर्मालाई अभिनय गराएका छन् ।
‘घाँटी भन्दा तल...’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो गायक पाण्डेकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
प्रतिक पौडेलको शब्द/संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् । रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् । साइन्स फिक्सन शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।
अघिल्लो वर्ष गायिका ईन्दिरा जोशीसँगको यूगल गीत ‘रेमिलाई...’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईँंग गरेको ‘झिमिक्कै परेली...’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका थिए ।
‘घाँटी भन्दा तल...’ गीत पप तथा ज्याज शैलीमा आधारित छ । गायक पाण्डेका अनुसार भिडियोलाई रोचक बनाउन केही ट्रिकहरु प्रयोग गरिएको छ । गायक पाण्डेले उक्त भिडियो युवापुस्ताको रोजाइमा पर्न सक्ने अनुमान गरेका छन् ।
गीतको म्यूजिक भिडियो