साप्ताहिक संवाददाता
यौनका विषयमा जागरुकता तुलनात्मक रूपले बढेको भए पनि अझै पनि यस विषयमा खुला रूपमा चर्चा गरिँदैन । यो अझै पनि व्यक्तिगत परिवेशको सीमाभन्दा बाहिर आएको कमै पाइन्छ ।
साथीमाथि दबाब
के वैवाहिक सम्बन्धमा पनि बलात्कार हुन्छ ? भन्ने विषयमा समाज एवं कानुन दुवैमा पनि समर्थन र मतभेदको स्थिति पाइन्छ । व्यवहारिक स्तरमा विवाहले दोस्रो पक्षको सहमति बिना यौनसम्बन्ध स्थापित गर्ने स्वीकृति दिँदैन भन्ने मान्नुपर्छ । साथीले सहमति बिना दबाबमै यौन सम्बन्धलाई स्वीकार गरे पनि के त्यो सुखद् र आत्मीय हुन्छ ? पक्कै पनि त्यसरी स्थापित सम्बन्धमा न आत्मीयता रहन्छ र न त त्यसबाट सन्तुष्टिको अनुभूति नै हुन्छ । यौन आपसी समझदारी, सहमति र सहकार्यको सुखद् प्राप्ति हुनुपर्छ । यसका लागि दुवै पक्षले आफूलाई शारीरिक, मानसिक एवं मनोवैज्ञानिक रूपमा तयार गर्नुपर्छ ।
भावनात्मक भयादोहन
यौनको प्रयोग कसैलाई नियन्त्रित गर्न हुनुहुँदैन । यदि कुनै कुरामा यौनसाथी खुसी छैन वा उसले अर्को पक्षलाई हेप्ने गरेको छ भने त्यस्तो अवस्थामा यौन सम्बन्धका लागि कुनै पनि व्यक्ति मन– मस्तिष्कले तयार हुँदैन । यस्तो थोरै समयका लागि हुनसक्छ र यो समस्याको समाधान संवादमार्फत नै गर्न सकिन्छ । आफ्ना निजी कारणले लामो समयसम्म यौन सक्रियताबाट टाढा रहनु अर्को पक्षको भयादोहन गरेसरह मानिन्छ । यौनलाई आफ्नो कुरा स्वीकार गराउन हतियारका रूपमा प्रयोग गर्नु पनि सरासर गलत हो ।
उत्तेजनाको आवश्यकता
यौन प्रक्रियामा उत्तेजना आवश्यक छ तर यही मात्र महत्वपूर्ण पाटो हो भन्ने होइन । यौन साथीकाबीच भावनात्मक सम्बन्ध हुनुपर्छ । यसका लागि अर्को पक्षको खुबी एवं दक्षतामा प्रश्न गरिनुहुँदैन । यही कारणले चरम सुखलाई यौन प्रक्रियाको अन्तिम उपलब्धि मान्ने गल्ती गर्नुहुँदैन । यौन सुख प्राप्तिको एउटा महत्वपूर्ण पाटो एकअर्काको यौनिक प्रक्रियाको सम्मान गर्नु पनि हो ।
अरूसितको तुलना
अरूको यौन जीवन, सेलिब्रेटिजहरूको निजी जीवन वा पुस्तक तथा चलचित्रका दृश्यहरूका आधारमा आफ्नो यौन जीवनका कमजोरीहरू केलाउनु गलत मानिन्छ । सुखद् तथा सफल यौन जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष तपाई त्यसमा कति सहभागी हुनुभयो, तपाईंले दोस्रो पक्षको साथ कति पाउनुभयो, एकअर्काको सामीप्यताले तपाईंहरू दुवैलाई कति आनन्द प्रदान गर्यो, शारीरिक, भावनात्मक एवं मानसिक रूपमा कुन रुपमा दुवै एकअर्कामा समर्पित हुनु भयो भन्ने हो ।
भुल्न नहुने कुरा
हातले गोप्य अंग स्पर्श गर्दा छुट्टै आनन्द मिल्छ । यतिबेला ओठमा हल्का चुम्बन गर्न सकिन्छ ।
कतिपय महिला हात–खुट्टाका औंलाको कापमा चुम्बन गरेको मन पराउँछन् ।
यी सबै क्रियाकलापपछि महिलाहरू यौनसम्पर्कका लागि तयार हुन्छन् र त्यस्तो वातावरणलाई तनावमा परिणत हुन दिनु हुँदैन ।
यौनसम्पर्कलाई लामो समयसम्म टिकाउन विभिन्न फरक आसन प्रयोग गर्नुका साथै एक–अर्कालाई गहिरो माया गर्नुपर्छ ।