साप्ताहिक संवाददाता
श्रावण १२, २०७६
समयक्रम सँगै मानिसहरुको दैनिकी फेरिएको छ । घरायसी कामकाजमा ब्यस्त हुने महिलाहरु पछिल्लो समय विभिन्न अफिसियल काममा ब्यस्त हुन् थालेका छन् । हिजो घर परिवारको हेला होचोका तीज गीत गाउने महिलाहरुको गीत/संगीत प्रतिको रुची पनि यहि कामको फरक प्रकृतिका कारण फेरिएको छ ।
यहि फेरिएको समयलाई मध्यनजर गर्दै गायिका मञ्जु पौडेलको नयाँ गीत बजारमा आएको छ । गीतमा विशेषतः कामको चापमा परेकी एउटी महिलाको भावनालाई केन्द्रमा राखिएको छ । गीतमा भनिएको छ ‘काम भन्दै गयो मेरो आधा उमेर, घन्काइदेउ मादलु नाच्छु घुमेर ।’
संगीतकार अर्जुन पोखरेलले यस गीतको लय सिर्जना र संगीत संयोजन गरेका छन् । गीत दिग्गज धौरालीले लेखेका हुन् ।
शिव विकले निर्देशन गरेको गीतको भिडियोमा स्वयम् गायिका पौडेल र सञ्चारकर्मी अनुषा पौडेलले कम्मर मर्काएका छन् ।
गीतको म्यूजिक भिडियो :