साप्ताहिक संवाददाता
श्रावण १५, २०७६
गायक तथा संगीतकार मुरारी गुरागाईं नयाँ गजलका साथमा बजारमा आएका छन् । शिशिर भट्टराईको शब्द तथा उनको आफ्नै संगीत रहेको ‘पानी भर्ने पधेँरो’बोलको गजल सार्वजनिक भएको हो । सार्वजनिक गजलमा गायिका अन्जु पन्तले स्वर दिएकी छिन् ।
गजलकार शिशिर भट्टराईले ग्रामीण बिम्बहरुलाई सरल ढंगले गजल शब्दमा उतारेका छन् । गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा गम्भीर विष्ट र जेबिका कार्की फिचर्ड छन् ।
प्रकाश मिश्रको रेकर्डिङ तथा मिक्सिङ, फडिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।
पानी भर्ने पधेँरोको म्यूजिक भिडियो :