साप्ताहिक संवाददाता
गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ साऊनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म कार्यत्रम प्रसारण हुने जानकारी दिएको छ ।
झण्डै २२ हजार आवेदकमध्ये छानिएका करिब १ सय नयाा प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत कोचको कुर्सी घुमाउन सफल प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्राले टेवा पाउने छ ।
‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ,’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने, ‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’ पौडेलका अनुसार अघिल्लो बर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजीटल अडिसनमा सहभागी भएको हुादा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ ।
यसपटकको सिजनमा दुईजना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।