साप्ताहिक संवाददाता
श्रावण २३, २०७६
गायिका अञ्जना गुरुङ् तीजको गीत सहित बजारमा आएकी छिन् । एक समयकी लोकप्रिय तथा व्यस्त गायिका गुरुङ् केहि समयको अन्तराल पछि नयाँ गीतका साथमा बजारमा आएकी हुन् ।
गायिका गुरुङ्ले राजकुमार बगरको शब्द तथा संगीतमा ‘गाउँ र शहर तीजको लहर’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।
गीतको म्यूजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा गायिका गुरुङ्की छोरी अपेक्षा सिंहले अभिनय गरेकी छिन् ।
गीतको म्यूजिक भिडियो :