साप्ताहिक संवाददाता
समयको विकाशक्रम र भौतिकताको उच्च विकाससँगै मानविय समवेदनाहरु समाजबाट बिस्तारै पातलिदै गएको छ । अझ भनौं समाज स्वार्थी बन्दै गएको छ । यहि समयलाई केन्द्रमा राखेर गीतकार गीतकार डा. डिआर उपाध्यायले लेखेका छन्– ‘स्वार्थी छ दुनियाँ, संसार यो घाती, नत्र चर्केर किन फुटेथ्यो र छाती ।’
डा. डिआर उपाध्यायले लेखेको यो गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरे र पुराना गायक दीप श्रेष्ठले आवाज भरे । समाज र यहाँका मान्छेले भोगिरहेका घटनाक्रमलाई केन्द्रमा राखेर रचना गरिएको यो गीतले स्रोताको मनमा राम्रो ठाउँ बनायो ।
यो गीतको लोकप्रियताको मापन लगातार भैरहेका म्यूजिक अवार्डले पनि गर्छ । सोमबार मात्रै कतारको दोहा सहरमा सम्पन्न ‘अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’मा यहि गीतका लागि गीतकार डा. डिआर उपाध्यायले सर्वोउत्कृष्ठ गीतकारको अवार्ड उचाले । यहि गीतका संगीतकार सन्तोष श्रेष्ठलाई पनि यहि गीतमा गरेका लागि वर्षको सर्वोत्कृष्ठ संगीतकारको अवार्ड प्रदान गरियो ।
यहि गीतका लागि केहि साता अघि मात्रै सम्पन्न सुन्दरादेवी सन्देश साप्ताहिकले आयोजना गरेको पाचौँ ‘सुन्दरादेवी सन्देश म्यूजिक अवार्ड’मा गीतकार र संगीतकार दुबै विधाका अवार्ड प्रदान गरिएको थियो ।
सार्वजनिक भएको छोटो समयमानै गीतले कमाएको लोकप्रियता र थमाएको अवार्डलाई लिएर गीतकार डा. डिआर उपाध्याय गम्भिर देखिएका छन् । निरन्तर रुपमा एउटा गीतले प्राप्त गरेका यि अवार्डहरुको गरिमालाई जोगाउन पनि आफूले थप सिर्जना कार्यमा तल्लिन रहनु पर्ने गीतकार डा. डिआर उपाध्यायल बताएका छन् ।
गीतकार उपाध्यायको अवार्ड प्राप्त गर्न सफल गीतको म्यूजिक भिडियो :
uuuu