साप्ताहिक संवाददाता
केही चर्चित गीतहरुको कभर गाएर भाइरल बनेकी गायिका एलिना चौहानको नयाँ गीत ‘तिम्रो खुशीमा’ म्युजिक भिडियो सहित रिलिज गरिएको छ । ‘इन्स्टाको फोटो’ र ‘तिम्रो मायाले बाँधेर राख’ जस्ता गीतहरुको कभर पछि एकाएक एलिनाको चर्चा चुलिएको थियो । ‘तिम्रो खुशीमा’ एलिनाको आफ्नै गीतको पहिलो म्युजिक भिडियो हो ।
‘तिम्रो खुशीमा’ का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोक्तम सुबेदीले गरेका छन् । बेलायतमा बसेर गीत गजल लेखनमा लामो समय देखि सत्रिय उप्रेती आफ्नै शब्दमा कहिले काहीं संगीत भर्ने पनि गर्छन् । यसअघि उनीद्वारा संगीतवद्व ‘बरिलै’ बोलको गीत निकै मन पराइएको थियो । जसलाई नेपाल आइडल २ का सहभागी गायक कृशल कडेल र मीनराज पौडेलले गाएका थिए ।
खुशी इन्टरटेनमेन्टको प्रस्तुति ‘तिम्रो खुशीमा’को भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन् । ‘तिम्रो खुशीमा’ को म्युजिक भिडियोमा नायिका रिचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक भुमिकामा देखिका छन् । नायिका रिचाको पहिलो चलचित्र ‘लव यु हमेसा’ यतिबेला रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन् । कथानक पक्षलाई विशेष जोड दिइएको यस भिडियोमा अस्मिता बिक र मोहन आचार्यलाई पनि महत्वपूर्ण भुमिकामा देख्न सकिन्छ ।
स्वयं निर्देशक शक्ति प्रज्वलले ‘तिम्रो खुशीमा’को सम्पादन र कलरिङ गरेका हुन् भने यसमा छायांकन नमराज घिमिरेको रहेको छ । नृत्य निर्देशन प्रबिन थापाको रहेको छ । ‘तिम्रो खुशीमा’ को म्युजिक भिडियो व्हाइट मिडिया प्रालिले निर्माण गरेको हो ।
गीतको म्यूजिक भिडियो :