नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

- भूतको भिनाजु

भाद्र ३, २०७६

 

 

सामान्य मान्छे ः कत्रो गड्याङगुडुङ हौ, सात्तै लान्छ कि क्या हो ?

साहित्यकार ः आज आकाशमा पनि भयंकर युद्ध भयो । सबैभन्दा बढी हतियार इन्द्रले प्रयोग गरेजस्तो लाग्यो । 

म बौद्धमा बसेर बुद्धजस्तो बन्ने छाँटकाँट छैन, तर तिमी पुतलीसडकमा बसेर पुतलीजस्तै भैसकिछौं ।

तरकारीको चाहिँ झोल मात्र चाख्दा हुने

मासुको चाहिँ चोक्टा नै किन चाख्नुपर्ने ?

जँड्याहाले जँड्याहाको मर्म बुझेन भने

ढुक्क हुनुस् कि, रक्सी ब्रान्डेड रै’छ ।

भोलिको दिन फलानाको एक्सका रूपमा चिनिनुभन्दा त सिंगल बस्नु नै ठीक । 

लिङ्ग देखाउने बाबाजीभन्दा छोटा कपडा लगाउने नारी पवित्र छन् । 

पानी पर्दा

अरू देशमा ः वाउ ! हाउ रोमान्टिक वेदर । 

नेपालमा ः मोबाइल चार्ज गरी राख है अब एक हप्तासम्म लाइन आउने छाँटकाँट छैन । 

लभ परेको दुई दिन नहुँदै 

बूढा–बूढी भन्नेहरूलाई चाँडै वृद्ध

भत्ता मिलाइदिनुपर्‍यो सरकार ।

फेसबुकमा राम्रो फोटो राखेर

केटा पट्याउँछु भन्ने कदापि नसोच्नु

किनभने चिनि र युरिया मल 

छुट्टाउने कला केटाहरूलाई राम्रोसँग थाहा छ ।

८ किलोमिटर दौडिएपछि बल्ल थाहा पाएँ

फिलिममा मात्र रै’छ 

दौडिँदा–दौडिँदै

ठूलो हुने त ।

हेर विवाहित केटा हो, यदि बाहिर चक्कर सक्कर चल्या छ भने गर्लफ्रेन्डको नाम सासू आमा भनेर सेभ गर्नु, त्यसपछि बूढीले आफैँ फोन डायल गरेर दिन्छे, कहिलेकाहीं त मेरी आमासँग नि कुरा गर्नु नि भन्दै । 

मलाई अमिलो असाध्यै मनपर्छ भन्देको के थिएँ 

लेमन फ्लेवरको लिपस्टिक लगाएर आइछे । 

अरूले थोपा–थोपाले सागर बनाउँछन रे ।

मैले एक थोपोले सागर बनाएँ, भनेर फुर्ती लगाउँदै छन् पल्ला घरे सागरका बा । 

बसमा 

खलासी ः दाइ, त्यो झोलामा नबस्नु, अन्डा फुट्छ ।

म ः किन ? यो झोलामा अन्डा छ र ?

खलासी ः होइन, किला छ ।

सहर बजारमा लुरीहरूलाई जति नै

स्लिम फिगर, जिरो फिगर भने नि

गाउँ घरतिर गयो भने सुकेनास लाग्या

भनी हाल्छन् क्यारे ।

खरायो दगुरिरहन्छ तर पनि ५/६ वर्ष 

भन्दा बाँच्दैन तर कछुवा कहिल्लै

दगुर्दैन, तैपनि ३ देखि ४ सय 

वर्ष बाँच्छ । 

त्यसैले बिहान–बिहान कुदन छोडौं

मस्तसँग सुतौं । 

धेरै खोजीपछि

अहिले पत्ता लागेको छ कि

पति–पत्नीमा झगडाको मुख्य कारण पन्डित

हो, किनभने यो त्यही मानिस हो जस्ले जग्गेको आगोमा बारम्बार घिउ हालेको थियो । 

झिँगाहरूबीच नि कुरा हुँदो हो— मेरो आई लभ यूको जवाफ दिन्छौं कि चियामा डुबेर मर्दिऊ भनेर । 

भयानकै असल भइयो भने भगवान भइन्छ । धर्ती ले थाम्न सक्दैन । स्वर्ग तिर हिँडिहाल्नुपर्छ । त्यसैले अलिअलि खराब पनि बनौं । 

श्रीमती आफ्नो श्रीमान्सँग 

बिनासित्ती झगडा गर्दिनँ

झगडा त तब गर्छे जब आफूसँग 

नभएको लिपिस्टिकको कलरको

डाम श्रीमान्को कपडामा देख्छे ।

गर्लफ्रेन्डको गुड मर्निङ बेबी म्यासेज देखेर

उठ्नेलाई के थाहा आमाले गरेको उठ ओई भाते, कत्ति सुत्न सक्छस् भन्ने मायालु गालीको मज्जा ।

मान्नुस्, नमान्नुहोस्

म नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो ।

पहिलो पटक घुम्न जाँदा उनले सोधिन् मेरो विश्वास कति लाग्छ ?

मैले रित्तो गोजी देखाउँदै भनेँ 

तिम्रो विश्वास लागेरै हो, मैले सुक्को ल्या’को छैन ।

दुइटी केटी जेल परे पाँच वर्षका लागि

दुइटीलाई एउटै कोठा थुनेर राखियो

पाँच वर्षपछि छुटेर बाहिर निस्कँदै— अब घरतिर जानुपर्छ, बाँकी कुरा फोनमा गरुँला है, ल त बाई ।

ब्रेकअप पछि पनि एक–अर्कासँग बोल्नु भनेको नुहाइसकेपछि मैलो कपडा लगाउनुजस्तै हो ।

दुई कट्टर दुस्मनको पुनर्जन्म, पति–पत्नीका रूपमा हुन्छ भन्ने कुरा प्रस्टै लेखिया रै×’छ पुराणमा ।

यो चैते हावाहुरीले 

मेरो घरको आँगनमा 

कुनै सुन्दरीलाई ल्याएर

बजार्दिए नि हुने नि

लु बजिया गरी खा भनेर ।

प्रकाशित :भाद्र ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्