भदौ ६ गते : श्री कृष्ण जन्माष्टमी । ९ गते : अजा एकादशी व्रत ।
मेष
आफ्नो व्यक्तित्व तथा सुन्दरताप्रति आकर्षित हुनेहरू बढ्नेछन् । मांगलिक कार्यमा बाँधिने प्रस्तावसमेत प्राप्त होला । अभिभावकहरूको रुचि तथा स्वविवेकमा निर्णय गर्नुहोला । कम बोल्नुमै फाइदा छ । साताको अन्त्यमा भ्रमणमा रमाइनेछ ।
वृष
आकस्मिक यात्रा हुनसक्छ । योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । सभा–सम्मेलन, तालिमजस्ता कार्यक्रममा सहभागी हुने मौका पाइनेछ । कार्य क्षेत्र वृद्धि भै पदोन्नतिको अवसर जुट्नेछ । बिहीबार र शुक्रबार मन मिल्ने साथीको मांगलिक कार्यमा सहभागी भइनेछ ।
मिथुन
चियोचर्चो गर्नेहरूले व्यवसायमा धक्का पुर्याउने प्रयत्न गर्नेछन् । संयमतापूर्वक कार्य सम्पन्न गर्नुहोला । आँखासम्बन्धी समस्याले सताउँदा धन खर्च हुने सम्भावना छ । भोजभतेरमा सहभागी हुँदा आफ्नो बहुमूल्य सरसामानप्रति निगरानी राख्नुहोला । सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।
कर्कट
प्रशंसकहरूले सहयोगी भावना व्यक्त गर्नेछन् । बुधबारपछि नयाँ व्यवसायको श्रीगणेश हुने सम्भावना छ । लामो समयदेखि रोकिएका कामको गाँठो फुक्नेछ । धातुको कारोबार गर्न सके राम्रै आय हात लाग्नेछ । मनोरञ्जनका क्रममा केही खर्च गर्नुपर्ने हुनसक्छ ।
सिंह
सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्पर्धाका क्रममा नतिजा आफ्नो पक्षमा होला । आम्दानीको दिगो स्रोत फेला पार्न केही समय कुर्नुपर्नेछ । सुनौलो रंगलाई प्राथमिकता दिँदा कुनै पनि कार्य गर्न सहज हुनेछ ।
कन्या
अरूप्रति छिटो विश्वास गर्नाले आफैंलाई नोक्सान हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्नुहोला । सुखद प्रेम–सम्बन्धलाई बाहिरी कुराले खलबल्याउन सक्छ । प्रेमी–प्रेमिका चिढिन सक्छन् । सही मार्ग पहिल्याउनुपर्ने आवश्यकता छ । साथीभाइहरूले तपाईंको योजनालार्ई सकारात्मक रूपमा लिनेछन् ।
तुला
होसियारीपूर्वक गरेका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । रोजगारीको अवसर पनि प्राप्त होला । साताको अन्त्यमा भौतिक सुविधाका साथै साधन खरिद गर्ने अवसर जुट्नेछ । सरोकार नभएका विषयमा चासो राख्दा विवाद सिर्जना हुनसक्छ ।
वृश्चिक
प्रातःकालमा भगवान्को स्मरण तथा योग–ध्यान गर्न सके मानसिक तनाव कम हुनेछ भने शरीरिक आलस्यता पनि हटेर जानेछ । साथीहरूलाई आर्थिक विषयमा वचन दिँदा संयम अपनाउनुहोला । पहेंलो रंगको पहिरनले ठूलो उपलब्धि हात लगाउने सम्भावना छ ।
धनु
कार्य सम्पादनको सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । घुमाउरो पाराले प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, निर्णयमा ढिलाइ नगर्नुहोला । वैदेशिक याक्राको सिलसिलामा विशिष्ट व्यत्तित्वहरूसँगको भेटले व्यवसायिक प्रेरणा दिनेछ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ ।
मकर
कूटनीतिक क्षमताको प्रदर्शन गर्नु उचित हुन्छ । विदेशमा रहेका शुभ चिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । व्यवसायका सिलसिलामा अन्य मुलुकको भ्रमण गर्नुपर्ने हुनसक्छ । मन पराउनेहरूले साझेदारीमा लगानी गर्ने उत्सुकता दर्साउँदा निर्णय गर्न ढिला नगर्नुहोला । सप्ताहन्तमा सुखद समाचार प्राप्त हुनेछ ।
कुम्भ
सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । अग्रजहरूको संगतले ज्ञानको दायरा बढाउने अवसर प्राप्त होला । कुनै पनि प्रतिस्पर्धामा राम्रो परिणाम हात पार्न सकिनेछ । प्रेम–प्रेमिकाको सपना साकार पार्न आफूलाई वास्तविकताको धरातलमा उभ्याउनु श्रेयष्कर हुन्छ ।
मीन
अर्काको आशामा बस्दा पछि परिनेछ । दृढताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ । अरूलाई बढी विश्वास गर्दा अभिभावकहरू चिढिनेछन् । जिद्दी गर्ने स्वभावले समस्या निम्त्याउन सक्छ । विशेष कार्य योजनाको जग बसाउन प्रेमी–प्रेमिकाले साथ दिनेछन् ।