साप्ताहिक संवाददाता
भाद्र ६, २०७६
लिमोजिन कारलाई विश्वकै सर्वाधिक लामो मात्र नभै विलासी कार पनि मानिन्छ । यो कार लामो भएकै कारण यसलाई लिमोजिन नाम दिइएको हो । सवारी साधनमा ख्याति कमाएका मर्सिडिज, ह्याम्मर जस्ता कम्पनीले यो मोडलको फर्म्याटमा कार निर्माण गर्छन् ।
लिमोजिन कारमध्ये पनि सबैभन्दा लामो अमेरिकी ड्रिमर कम्पनीद्वारा निर्मित कारलाई मानिन्छ । १ सय फिट लामो उक्त कारमा २६ वटा पाङ्ग्रा छन् । हेलिप्याड, स्विमिङ पुल, सन वाथ, ज्याकुजी, किचेन, वेडरुम, वाथरुमसमेत भएको यो कारलाई अगाडि र पछाडी दुवै तर्फवाट चलाउन मिल्ने किसिमले निर्माण गरिएको छ ।