साप्ताहिक संवाददाता
भाद्र ११, २०७६
ड्यानिका प्याट्रिक
नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् । उनले प्रायोजकहरूबाट मात्र ५९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् ।
लुइस ह्यामिल्टन
फर्मुला वान रेसर लुईस ह्यामिल्टन कार रेसबाट सर्वाधिक कमाउने चालक मानिन्छन् । उनले वार्षिक रूपमा विभिन्न प्रतियोगिता जितेर गत वर्ष मात्र ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेका थिए । लुइसलाई विभिन्न कम्पनीले ब्रान्ड इन्डोर्समेन्ट गराएबापत ३३ करोड ९० लाख रुपैयाँ तिरेका थिए ।