साप्ताहिक संवाददाता
डा. डिआर उपाध्याय पछिल्लो समय नेपाली गीत संगीतमा निक्कै सक्रिय छन् । सानैदेखि लेखनमा लगाव भएका उपाध्याय औपचारिक रुपमा सांगीतिक क्षेत्रमा देखिएको धेरै भएको छैन् । तर, निरन्तर रुपमा उनले सार्वजनिक गरेको गीत/संगीतको संख्यालाई हेरेर मूल्याङ्कन गर्न सकिन्छ उनी भित्रको गीत/संगीतप्रतिको मोह सानो थिएन् र होईन् ।
गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायको एक अर्को नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दीपक लिम्बु र गायिका शशी रावलले स्वर दिएका छन् । ‘जुनको उज्यालो’ बोलको यो युगल गीतमा संगीत भने सन्तोष श्रेष्ठले गरेका छन् ।
सुर्य चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा राम बाबु र अपेक्षा खड्काले जोडीका रुपमा अभिनय गरेका छन् । गीतमा आफ्नो जोवनलाई फुलसँग तुलना गर्दै जुनको उज्यालोमा लिएर आएको कुरा गरिएको छ । म्यूजिक भिडियोमा एलिसा कार्कीको कोरियोग्राफी रहेको छ ।
गीतको म्यूजिक भिडियो :