हङकङमा स्वप्न भाग ३

- अनोज रोक्का

भाद्र १७, २०७६

हङकङका युवायुवतीहरुको महत्वकांक्षी समुह ‘हङकङ नेप्लिज डान्स ग्रुप’को प्रस्तुती स्वप्न भाग ३ सम्पन्न भएको छ । हरेक बर्ष हङकङमा रहेका स्थानिय नेपाली प्रतिभाहरुलाई मञ्च प्रदान गर्दै आएको स्वप्नको यो तेश्रो संस्करण हो ।

लगभग ४० हजारको हारहारीमा रहेका हङकङेली नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति, भेषभुषा र कलाकोबारेमा जानकारी दिदै, प्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागि स्थापित भएको नेप्लिज डान्स ग्रुपले हङकङमा आयोजना भएका हरेक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिईरहेको हुन्छ भने आफैले पनि विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरिरहेको हुन्छ ।

स्थानियहरुको उल्लेख उपस्थित रहेको कार्यक्रममा एचके एन डिजी ग्रुप, अर्पना राई, रोहित थापा, अमोस राई, जुम्बा टिम, सृष्टि लिम्बु, ज्योती थापा, जर्ज गुरुङ, कन्या गुरुङ, कुमारी गुरुङ, संयुक्ता डान्स सेन्टर लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा पापपुण्य शिर्षकमा गरिएको प्रहसनले थप रोमाञ्चकता दिएको थियो । धिरज लिम्बुको लेखन तथा निर्देशनमा तयार पारिएको प्रहशनमा जीवनमा गरिएका सकारात्मक कार्यले मात्र मृत्यु पछि पनि सुख मिल्ने शन्देश प्रवाह गरिएको थियो ।

हामी हङकङमा बस्छौँ, यहाँका प्रतिभाहरुलाई हामीले नै प्रोत्साहन गर्न सक्नुपर्छ । संसारको संस्कृतिबाट हामी धेरै कुरा सिक्न सिक्छौँ, तर हाम्रो संस्कार र प्रतिभाहरुलाई पनि संसारभरि देखाउँनु छ, ग्रुपका सदस्य श्रीगुरुङ बताउँछन् ।

स्वप्न आयोजकका संयोजक धिरज भन्छन् हङकङमा हुर्किरहेका पुस्तालाई हामीले हाम्रो देश र परम्परा बुझाउँन सकेनौं भने, समयसँगै देशप्रेम हराउँदै जान्छ । छोटो समयमा हामीले गरेका हरेक कार्यहरुमा सकारात्मक प्रतिक्रिया पाएका छौ, जसले अझ केहि गर्ने उत्प्रेरणा मिलेको छ । कार्यक्रम लक्ष्मी गुरुङ र उमेश गुरुङले सञ्चालन गरेका थिए । 

 

प्रकाशित :भाद्र १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्