
साप्ताहिक संवाददाता

गायक सन्तोष लामा ‘फेरि फेरि...’ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको भिडियोलाई गायक लामाले आˆनै यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएका हुन् ।
गीतमा गायक लामाकै स्वर तथा संगीत सुन्न सकिन्छ । गीतका शब्दहरु डिबी मोक्तानले रचना गरेका हुन् । नविन बाबु गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा सन्तोष लामा, रेखा लिम्बु, गौरव मोक्तान आदिले अभिनय गरेका छन् ।
म्युजिक भिडियोमा प्रेमिकासाग छुटेपछिका प्रेमीका भावनाहरु समेटिएको छ । गीतको म्युजिक भिडियो नवीन बाबु गुरुङले निर्देशन गरेका हुन् ।
यस्तो छ भिडियो :