• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
जीवनदेखि भाग्नेहरू 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जीवनदेखि भाग्नेहरू 
भाद्र २१, २०७६

आधुनिक समाजमा आत्महत्या एउटा ठूलो समस्याका रूपमा देखिँदैछ । जीवनमा प्राप्त असफलता, आवेश, असन्तुष्टि, निराशा, मानसिक समस्या, आर्थिक अभावजस्ता विविध कारणले मानिसहरू आफूले स्वयंलाई सिध्याउने बाटो रोजिरहेका छन् । जीवनदेखि भागेर आत्महत्यामार्फत स्वयंलाई भौतिक रूपमा सिध्याउनेहरूको संख्या पछिल्ला वर्षहरूमा थप वृद्धि हुने क्रममा छ । 

आत्महत्या न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी तहबाट थुप्रै प्रयास भए पनि अहिलेसम्म खासै उपलब्धि भने हुन सकेको छैन, जुन कुरा निरन्तर बढिरहेको आत्महत्या गर्नेहरूको संख्याले प्रमाणित गर्छ । 

आखिर के हो आत्महत्या ? किन हुन्छ आत्महत्या ? समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्यालाई सामाजिक परिघटना भनेका छन् । उनले कुनै पनि आत्महत्याका पछाडि सामाजिक कारण रहने कुरा उल्लेख गरेका छन् । दुर्खिमका अनुसार आत्महत्या सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीति कारणले हुन्छ । समाजशास्त्री डा. मृगेन्द्रबहादुर कार्की मनुष्य देहको अन्त्य गर्नु नै आत्महत्या भएको बताउँछन् । ‘मनुष्य देहको अन्त्य गर्ने कुरा नै आत्महत्या हो,’ कार्की भन्छन्, ‘यो सामाजिक, मानसिक एवं मनोविज्ञानको कुरा पनि हो ।’ कार्कीका अनुसार जीवनप्रति मानिसको वितृष्णा पलाएका कारण मानिसले आत्महत्या गर्ने हो । ‘त्यसमा व्यक्तिगत, पारिवारिक, सामाजिक एवं राज्यसँग जोडिएका विविध कारण होलान् । यी सबै कारणले विरक्त भएर नै आत्महत्या गर्ने हो,’ उनी भन्छन् । 

मानसिक रोगका चिकित्सक डा. अनन्तप्रसाद अधिकारी व्यक्तिले आफूलाई समाप्त गर्ने विचार आएर कुनै माध्यमबाट जीवन समाप्त पार्ने कार्य नै आत्महत्या भएको बताउँछन् । ‘व्यक्तिमा आफूलाई समाप्त पार्ने विचार आउँछ । उसले कुनै माध्यमबाट जीवन समाप्त पार्छ भने त्यस्तो कार्य आत्महत्या हो,’ डा. अधिकारी भन्छन्, ‘व्यक्ति मानसिक रोगले ग्रसित भएर तनाव झेल्न नसक्ने अवस्थामा पुगेर जीवनलाई सम्पूर्ण रुपमा कालो देख्न थाल्छ र कतै उम्कने बाटो नपाएपछि आत्महत्याको बाटो रोज्छ ।’ नेपालमा आत्महत्याको ग्राफ निरन्तर उकालो लाग्ने क्रममा छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला ४ वर्षमा मात्र २० हजार ९ सय ६७ जनाले आत्महत्या गरेका छन् । उक्त अवधिमा आत्महत्या दर औसत वर्षमा ७ दशमलव १५ प्रतिशतले वृद्धि भैरहेको पाइन्छ । यो तथ्यांकलाई विश्लेषण गर्ने हो भने दैनिक औसत १५ जनाको मृत्युको कारण आत्महत्या हुने गरेको छ । 

आत्महत्याका कारण ज्यान गुमाउने युवाहरूको संख्या झस्काउने खालको छ । प्रहरीको तथ्यांकमा आधारित रहेर विश्लेषण गर्दा आत्महत्याबाट ज्यान गुमाउने झन्डै १९ देखि ४० वर्ष उमेर समूहका युवा ५६ प्रतिशत छन् । चार वर्षको अवधिमा आत्महत्या गर्नेमध्ये ८ हजार ४ सय ४२ जना महिला छन् भने ११ हजार ९७ जना पुरुष छन् । जसमध्ये १ हजार १ सय ८८ जना बालबालिका छन्, तीमध्ये ५ सय ७ जना बालक एवं ६ सय ८१ जना बालिकाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । 

प्रहरीका अनुसार आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युमध्ये ४५ प्रतिशत मृत्यु आत्महत्याबाट भएको पाइएको छ । नेपालमा आत्महत्याबाट हुने कुल मृत्युमध्ये १ प्रतिशत मृत्यु आत्महत्या दुरुत्साहनबाट हुने गरेको प्रहरीको विश्लेषण छ  ।

चार वर्षमा आत्महत्या गर्नेको संख्या 

०७५/७६ :        ५,७८५

०७४/७५ :        ५,३४६

०७३/७४ :       ५,१३१

०७२/७३ ः    ४,७०५

जम्मा : २०९६७

-तथ्यांकहरूको स्रोत नेपाल प्रहरी

आत्महत्याको समाजशास्त्र 

डा. मृगेन्द्रबहादुर कार्की समाजशास्त्री

मनुष्य देहको अन्त्य गर्नु आत्महत्या हो । आत्महत्या किन हुन्छ ? मनुष्य देहप्रति मानिसको वितृष्णा पलाएका कारण मानिसले आत्महत्या गर्ने हो । त्यसमा केही व्यक्तिगत, पारिवारिक, सामाजिक एवं राज्यसँग जोडिएका कारणहरू होलान् । यिनै कारणहरूबाट विरक्त भएपछि मानिस आत्महत्या गर्न पुग्छ । आत्महत्या सामाजिक, मानसिक एवं मनोविज्ञानको कुरा पनि हो । आत्महत्यासम्बन्धी दुई दृष्टिकोण छन्— एक पूर्वीय परम्परागत आध्यात्मिक दृष्टिकोण तथा अर्को वैज्ञानिक दृष्टिकोण ।

अध्यात्मिक दृष्टिकोणमा आत्महत्या भनेको आत्मघात तथा जघन्य अपराध हो । यो कार्यबाट जन्म–जन्मान्तरसम्म पनि यसबाट मुक्त भइँदैन भन्ने धारणा छ । किनभने, मनुष्य चोलामा आउँदा हामीले यो जीवनमा अघिल्लो जीवनमा गरेको कर्मको दायित्व पूरा गर्नुपर्छ । त्यसलाई पूरा गर्न नसकेर आवेशमा आएर विरक्तिएर, नैराश्य भाव आएर मनुष्य देहको अन्त्य गर्नुलाई हाम्रो धर्मशास्त्रले पाप मान्छ । यही मान्यताका आधारमा हिजोको समाजले आत्महत्या गर्न मानिसलाई हतोत्साहित गर्थ्यो । त्यसैले आत्महत्या पनि कम थियो । 

सुसाइडले जुन सामाजिक क्षेत्र निर्धारण गर्छ, त्यो विज्ञानमा आधारित समाजको कुरा हो । अहिले विज्ञानले यी सबै कुरा केही पनि होइन भन्ने मान्यता स्थापित गरेको छ । विज्ञानले महत्वाकांक्षा र भौतिक सुख सुविधाको कुरा बढाइदियो । त्यसकारण ब्रेक अप भयो, आत्महत्या । परीक्षामा असफल भयो, आत्महत्या । सुख, सुविधा पाएन आत्महत्याको बाटो रोज्ने क्रम बढ्दो छ । यस्ता विभिन्न भौतिक कारणले मानिसहरू सुसाइड गर्न थाले । दुःखबाट पार पाउने उपाय सुसाइड हो भन्ने हुन गयो । पश्चिमतिरको कुरा यहाँ पनि सिकियो । यसमा विज्ञान, प्रविधि एवं सूचनाको विकासले पनि असर गर्‍यो । हिजो र आजको ‘म’ के हुँ भन्ने कुरा नै फरक छ । केही राजनीतिक आन्दोलनका कारण पनि मानवजीवन वस्तुकरण हुन पुग्यो । मानव जीवनको मूल्य घट्न गयो, जसका कारण केही समययता नेपालमा आत्महत्या अविश्वनीय ढंगले बढेको पाइन्छ । अहिले नेपालमा दिनहुँ १५ जनाले आत्महत्या गर्ने तथ्यांक छ । यसमा गहिरो अध्ययन–अनुसन्धान जरुरी भैसकेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik