भदौ २७ देखि असोज २ गतेसम्मको राशिफल

  • साप्ताहिक राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

भाद्र २७, २०७६

भदौ २७ गते : इन्द्रजात्रा । भदौ २८ गते : सोह्रश्राद्ध आरम्भ । असोज १ गते : आश्विन संक्रान्ति, विश्वकर्मा पूजा । 

 

मेष

बोलीको मधुरताका कारण विपरीतलिंगीहरू आफूतिर आकर्षित भएको अवस्था छ । होस नपुर्‍याई निर्णय गर्दा स–साना कुरामा पनि आलोचित हुनुपर्नेछ, जसले मर्यादामा चोट पुग्न सक्छ । साताको अन्त्यमा नयाँ अवसर प्राप्त होला । 

वृष

साथीभाइको सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिनेछ । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा बढाउनेछ । समकक्षी युवा–युवतीमाझ गुणस्तरीय परिचय दिने अवसर प्राप्त हुनेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हँुदा स्वास्थ्यको ख्याल गर्नुहोला । 

मिथुन

साता मध्यम तवरले बित्नेछ । जटिल कार्यमार्फत प्रतिष्ठा प्राप्त हुनेछ । मझौला किसिमका लगानीबाट धन आर्जन गरिनेछ । नयाँ स्थानको भ्रमण गर्नाले खर्च वृद्धि हुने परिस्थितिमा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् ।

कर्कट

आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । सिर्जनात्मक कार्यले जीवनसंगीसितको वैचारिक मतभिन्नता समाप्त गर्नेछ । विशिष्ट व्यक्तिहरूबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ ।

सिंह

हेलचेक्र्याइँ गर्दा भविष्यका अवसरहरू स्वत: समाप्त हुनेछन् । करियर बनाउन विदेशी मित्रको सुझाव अनुसरण गर्दा थप सहज हुनेछ । रातो रंग प्रयोगमा ल्याउन सके सफलताको नजिक पुग्न सहज होला । साताको अन्त्यमा खानपानको फेरबदलले स्वास्थ्यमा प्रतिकूलता निम्त्याउन सक्छ ।

कन्या

भविष्यका निम्ति जग बसाउने कार्यको शुभारम्भ हुनेछ । छोटो समयमा परिचित नयाँ मित्रहरूसँग भ्रमण गर्दा सचेत रहनुपर्नेछ । अधुरै रहेको लामो समयदेखिको मनोरञ्जन तथा विलासी चाहना पूर्ण हुनेछ । मान्यजनको सुझाव आत्मसात् गर्दा चुनौतीहरूबाट पार पाइनेछ ।

तुला

नसोचेको अवसर आइलाग्ने सम्भावना छ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । उत्कृष्ट नतिजा प्राप्त हुँदा प्रेमी–प्रेमिका दंग पर्नेछन् । अभिभावकको सुझाव अनुसरण गर्दा शिखर छुन सकिनेछ । सप्ताहान्तमा अपांग तथा वृद्धवृद्धाहरूलाई सहयोग गरी पूण्य आर्जनमा समय खर्चनुपर्नेछ । 

वृश्चिक

रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । साथी–संगीहरूसँग नगदको कारोबार गर्दा ध्यान पुर्‍याउनुपर्नेछ । मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुहोला । सोतो रंगको प्रयोगले सहयोगी भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा मित्रता एवं प्रेमको गाँठो कसिलो हुनसक्छ ।

धनु 

अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । ईष्या गर्नेहरूलाई पुरुषार्थ गरेर देखाउन सकिनेछ । दिगो फाइदा हुने कार्य वा नोकरी प्राप्त हुनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन कसिलो हुनेछ । साताको अन्त्यमा पूर्वतर्फको यात्रामा आकस्मिक लाभ होला  ।

मकर

रोजगारी हुनेहरूलाई स्थान परिर्वतनको संयोग पर्न सक्छ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबारपछिका दिनमा प्रतिष्ठित मित्रहरूसँग भलाकुसारी गरिनेछ । भूमि तथा सवारी साधन जोरिने सम्भावना टरेको छैन ।  

कुम्भ

पारिवारिक सुझाव मुताबिक व्यवसाय सञ्चालन गर्दा उचाइ प्राप्त गर्न लामो समय कुर्नुपर्ने छैन । आकर्षक पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । यात्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला । 

मीन

साताको प्रारम्भमा केही दौडधूप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । खर्चको मात्रा बढे पनि धेरै आवश्कता पूरा हुनेछन् । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी फेला पर्नेछ । प्रतिस्पर्धाले प्रगतितर्फ उन्मुख गराउनेछ ।

प्रकाशित :भाद्र २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्