
साप्ताहिक संवाददाता

ब्रिटिस फेसन अनलाइन स्टोर एसोस बेला–बेलामा विचित्रको डिजाइनका कारण चर्चामा आइरहन्छ । यसपटक यो फेसन स्टोरले प्याज हाल्ने बोराको आकृति झल्कने पहिरनलाई आफ्नो अनलाइन स्टोरमा बिक्रीका लागि राखेको थियो, जसको मूल्य ४९ हजार रुपैयाँ तोकिएको थियो ।
सामाजिक सञ्जालमा प्याजको बोरा पनि यति महँगो भनेर खिल्ली उडाउन थालिएपछि एसोस स्टोरले यसको मूल्य घटाएर साढे २९ हजार रुपैयाँमा झार्यो, तैपनि यो ड्रेसले सामाजिक सञ्जालमा चर्चा मात्र पायो, बिक्री भने भएन ।