साप्ताहिक संवाददाता
आश्विन ७, २०७६
जमाना फेरिएको छ । प्रेम अभिव्यक्त गर्न हिजोआज निक्कै सजिलो भएको छ । प्रविधिको विकास र बिस्तारसँगै आफ्ना भावना अभिव्यक्त गर्न निक्कै सजिलो भएको छ । यहि प्रविधिको विकासलाई मध्येनजर गर्दै गायक भरत सिटौलाले नयाँ गीत ‘आउँदै गर मायालु अनलाईनमा’ बोलको गीत बजारमा ल्याएका हुन् ।
गायक भरत सिटौला बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आउँदै गर मायालु अनलाइनमा’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा गायक सिटौलाकै शब्द तथा संगीत सुन्न सकिन्छ । गीतलाई शैलेन्द्र प्रधानले संगीत संयोजन गरेका छन् ।
भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् जसमा गायक सिटौलासँगै उषा उप्रेती फिचर्ड छिन् । भिडियो सम्पादन सतिज श्रेष्ठले गरेका हुन् ।
मायालुको म्यूजिक भिडियो :