साप्ताहिक संवाददाता
आश्विन ८, २०७६
लोकगायिका माया गुरुङको नयाँ गीत ‘याद आउँछ बेसरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक गणेश गुरुङले गायिका माया गुरुङसँग गायनमा सहकार्य गरेका छन् ।
गणेश गुरुङले लेखेको सार्वजनिक गीतमा गायिका माया गुरुङको संगीत समावेश गरिएको छ । गीतमा अब्बल कृष्ण बिकको संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ भने कुमार रानाले गरेका हुन् ।
मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । गीतको म्यूजिक भिडियोमा बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :