असोज ११ गते : पितृ विसर्जन । असोज १२ गते : घटस्थापना । असोज १४ गते : अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । असोज १५ गते : विश्व अहिंसा दिवस ।
मेष
विविध उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुँदा मनमा दुविधा हुनसक्छ । विचार गरी निर्णय लिनुहोला । अपरिचित व्यक्तिले देखाएको सहयोगी व्यवहारलाई ह्दयदेखि नै स्वीकार गर्नुपर्ने हुन्छ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा पैतृक सम्पत्ति खर्च होला ।
वृष
अरुको योगदानप्रति बेवास्ता गर्दा आफू पछि परिएला । साथीभाइलाई उत्प्रेरित गर्दै सामूहिक उन्नतीको मार्ग कोरिनेछ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई कुरा लगाउनेहरूले सताउनेछन् । पाका व्यक्तिबाट जुक्तिबुद्धि लिए हरेक समस्याको गाँठो फुक्न सक्छ । बुधबारपछिका दिनमा सकारात्मक कार्यहरू सम्पन्न हुनेछन् ।
मिथुन
विपक्षीले जालझेल गरी मानसिक तनाव उत्पन्न गराउन सक्छन्, सावधानी अपनाउनुहोला । कार्य योजनामा गोपनियता अपनाउँदा अपेक्षाभन्दा छिटो सफलता हात पर्नेछ । अन्नदान गर्न सके मनोरथ पूर्ण हुनेछ । गोष्ठी, तालिमजस्ता कार्यक्रममा सहभागी भइनेछ । साताको अन्त्यमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ ।
कर्कट
विपक्षीको टाउको उठाउने प्रयासलाई निस्तेज पार्न निकै प्रयास गर्नुपर्नेछ । रुची नहुँदा नहुँदै बाध्यात्मक परिस्थितिका बीच आफन्तजनको काममा समय खर्चिनुपर्ला । लामो तथा छोटो दूरीको यात्रामा सरिक भइनेछ । यात्रामा समयको ख्याल गर्नुहोला ।
सिंह
कार्य व्यस्तताले गर्दा परिवारका सदस्यबीच खटपट हुन सक्छ । घर–परिवारका लागि खर्च पनि गर्नुपर्ने हुन्छ । विभिन्न अवसरले पिछा गरेको अवस्था छ । आम्दानी राम्रै भए पनि खर्चले पिरोल्न सक्छ । प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो कल्याण छ ।
कन्या
साताको सुरुमा समाजसेवातर्फ आकर्षित भइनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तनमा आउनेछ । अध्ययनतर्फ त्यति ध्यान दिन नसकिएला । मंगलबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन् । हरियो रंगको पहिरनले अपेक्षा गरेजस्तै परिणाम दिन सक्छ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।
तुला
व्यवसायमा अपेक्षा गरेजस्तै सफलता हात पर्नेछ । सोमबार पछिका दिनमा बौद्धिक व्यक्तित्वहरूसँग परिचित हुँदै महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । सहयोगी हातहरू अघि बढिरहेका छन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । साथीहरूसँग नगद कारोबार गर्दा संयम अपनाउनुपर्नेछ ।
वृश्चिक
मन मिल्ने हितैषीहरूको आलोचना स्वीकार गर्न सके उचाइमा पुगिनेछ । व्यक्तिगत खर्चमा भ्रमण हुन सक्छ । तपाईंको प्रतिभालाई साथीहरूले खुलेर समर्थन गर्नेछन् । परिश्रम परिणाममुखी होला । विदेश अध्ययनका लागि बजेटभन्दा बढी खर्च हुनसक्छ ।
धनु
धातु तथा सेयरको क्षेत्रमा गरिएको लगानीले मुनाफा दिलाउनेछ । अवसरको खोजीका क्रममा विदेश यात्राको सम्भावना समेत छ । अनुशासन एवं मर्यादा पालन नगर्दा विवाद निम्तने खतरा छ,सचेतता अपनाउनुहोला । सामूहिक लगानिमा गरिएको कार्यले भने मुनाफा दिनेछ ।
मकर
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । भावी योजनासमेत तर्जुमा होलान् । मन मिल्नेहरूको भर पर्दा कतिपय कार्य ओझेलमा पर्न सक्छन् । यात्रा गर्दा विशिष्ट प्रकारका मानिसहरूसँग परिचित हुने अवसर जुट्नेछ । साताको अन्त्यमा धार्मिक कार्यमा सरिक भइनेछ ।
कुम्भ
आर्थिक पक्ष प्रवल हँुदै गएकाले नयाँ तथा पुराना दुवै कार्यबाट फाइदा नै मिल्ने देखिन्छ । भोज तथा मनोरन्जनको निमन्त्रण हात लाग्न सक्छ । सेतो तथा गुलावी रंगको प्रयोगले प्रशंसा गर्नेहरू बढाउनेछ ।
मीन
विश्वास पात्रलाई बचन दिदाँ सर्तकता अपनाउनुहोला । परिवारका सदस्यहरूको मन दुखाइमा हेक्का राखी साथ दिनु उचित हुन्छ । अफिसयल तथा घरायसी दुवैतर्फको बोझिलो कार्यभारले मानसिक तनाव सिर्जना गर्न सक्छ । योग तथा व्यायामले शरीरलाई चुस्त राख्न मदत पुर्याउनेछ ।