साप्ताहिक संवाददाता
गायक प्रेम परियारले केही वर्षको विश्रामपछि चलचित्र ‘पोइ पर्यो काले’ को ‘मायाले मलाई’ गीतमार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।
निर्देशक साम्तेन भुटियाले अभिनेता अनमोल केसीलाई लिएर चलचित्र ‘धुपौरे’ निर्माण गर्ने घोषणा गरेका छन् ।
अघिल्लो साता सार्वजनिक भएको चलचित्र ‘छ माया छपक्कै’ को ट्ेरलरले युट्युबमा सकारात्मकभन्दा बढी नकारात्मक प्रतिक्रिया पाएको छ ।
दिनेश लिङ्देनको निर्देशन तयार भएको चलचित्र ‘पायल’ को पोस्टर सार्वजनिक भएको छ, जसमा रीया श्रेष्ठ तथा ध्रुव न्यौपाने मुख्य भूमिकामा प्रस्तुत गरिने छन् ।
नेपाल आइडलको पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले गाएको चलचित्र काले दाइको ‘यो दुनियाँ मेरो लागि’ शीर्षकको गीत यसै साता सार्वजनिक भएको छ ।
क्यानाडाको टोरन्टोमा आगामी जनवरी महिनामा वितरण गरिने सिने स्टार एवार्ड–२०२० कार्यक्रममा १४ विधामा नेपाली चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिने बताइएको छ ।
चलचित्र माया पिरिमको पोस्टर सार्वजनिक भएको छ, जसमा चलचित्रका मुख्य कलाकारहरू कोशिश क्षेत्री, किरण चन्द, अञ्जली अधिकारी, अर्जुन गुरुङ आदि देखिन्छन् ।