भविष्यका लागि शुक्रबार

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७६

 

प्राकृतिक सम्पदाहरूमा देखिएको समस्याप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउन आज ललितपुरको युनियन हाउस अगाडि विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गरेका छन् । प्रकृतिप्रेमी विद्यार्थीहरूको संगठन हरिन नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो २ बजेदेखि ४ बजेसम्म चल्नेछ । कार्यक्रममा वातावरणसम्बन्धी कन्सर्ट, चेतनामूलक प्रदर्शन तथा प्राकृतिक सम्पदाको महत्वका सम्बन्धमा अन्तक्र्रिया गरिनेछ ।

नेपालमा केही वर्षयता भएको वनविनाश (निजगढ वनजंगल), सगरमाथामा भएको ट्राफिक जाम, काठमाडौंसहितका विभिन्न स्थानमा भएको वातावरण प्रदूषण, नदी प्रदूषण, हिउँ पग्लिएको विषयलगायत प्राकृतिक सम्पदाहरूमा देखिएको समस्याहरूका बारेमा सम्बन्धित निकायलाई दबाब दिन यो कार्यक्रमको आयोजना गरिएको हरिन नेपालकी तनुजा पाण्डेले बताइन् ।

भविष्यका लागि शुक्रबार नाम दिएर आफूहरूले हरेक साताको शुक्रबार वातावरणमुखी क्रियाकलापहरू गर्दै आएको पाण्डे बताउँछिन् । १२ देखि २६ वर्षसम्मका छात्र–छात्राहरू संलग्न हरिन नेपालमा करिब ६ सय जना वातावरणको संरक्षण गर्ने कार्यमा सक्रिय छन् जो भविष्यका लागि शुक्रबार नामक विश्वव्यापी अभियानसँग जोडिएका छन् ।

प्रकाशित :आश्विन १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×