साप्ताहिक संवाददाता
आश्विन १२, २०७६
काठमाडौं
चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’बोलको गीत सार्वजनिक गरिएको छ।
पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर रहेको यस गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फोकश गरिएको छ ।
यो गीत भिजिट नेपाल २०२० लाई लक्षित गरि सात प्रदेशका १४ सुन्दर लोकेसनमा खिचिएको निर्माण टिमले जानकारी दिएको छ । हरि हुँमागाईको डेब्यू निर्देशन रहेको यो चलचित्र ‘सरौतो’ कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ।
चलचित्रमा विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको लगायतको पनि मुख्य अभिनय छ।