साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
एक समयको पर्दाको लोकप्रिय जोडी हो – राजेश हमाल र करिश्मा मानन्धरको । लामो समयको अन्तरालपछि यो जोडीले पुन: स्क्रिन शेयर गरेको छ । ‘चट्ट बसम देउरालीमा’ बोलको गीतको एक म्यूजिक भिडियोमा यि दुईले सुन्दर नृत्य गरेका छन् । गीतमा छोटो समय भएपनि देउरालीमा रमाईला कुरा गरेर बिताउन आग्रह गरिएको छ ।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नेपाली गजल र सुगम संगीतमा लामो समय बिताएका भिम चापागाईंले गायिका मेलिना राईसँग युगल गायन गरेका छन् । डान्सिङ बिटमा तयार पारिएको गीतमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ ।
उत्सब दाहालले छायांकन गरेको गीतको सम्पादन अच्युत बजागाइले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :