‘दबंग ३’मा सलमान अवतार, यस्तो छ प्रोमो

- साप्ताहिक संवाददाता

आश्विन १४, २०७६

बलिउड अभिनेता सलमान खानको ‘दबंग’ अवतार निक्कै लोकप्रिय छ । उनको उक्त सुपरहिट चलचित्रको सिक्वेल आगामी नयाँ वर्षको छेकोमा प्रदर्शन हुँदैछ ।

प्रभुदेवाले निर्देशन गरेको ‘दबंग ३’मा सलमानलाई पुनः चुलबुल पाण्डेको भूमिकामा देख्न सकिन्छ । उनको यो चलचित्रलाई लिएर दर्शमा छुट्टै किसिमको उत्साह थपिएको छ ।  दर्शकको प्रतिक्षालाई मध्येनजर गर्दै चलचित्रको प्रमोसनल प्रोमो सार्वजनिक गरिएको छ ।

प्रोमोमा सलमान अवतार गज्जवको देख्न सकिन्छ । चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हा, किचा सुदीप, अरबाज खान, माही गिल, शई मंजेकरलगायातका कलाकारको अभिनय छ । चलचित्रको टिजर दिपावलीको अवसरमा सार्वजनिक हुनेछ ।

प्रकाशित :आश्विन १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्