साप्ताहिक संवाददाता
नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी औपचारिक रुपमा गीतकारका रुपमा बजारमा आएकी छिन् । चौधरीले रचना गरेको पहिलो रेकडेड गीत यसै साता राजधानीमा सार्वजनिक गरिएको छ । चौधरीको ‘कोही बाँच्छन् काँडाबीच’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । अन्जु पन्तले गाएको यो गीत निक्कै भावुक सुनिन्छ ।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोको सुरुवाती भागमै गीतकार चौधरी कविताको भाव सहित प्रस्तुत भएकी छिन् । सोही कविता मार्फत गीतको पूर्ण भाव अभिव्यक्त भएको छ । यो गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् । गीतको म्यूजिक भिडियोमा कृष्ण कार्की र सुष्मिताले अभिनय गरेका छन् ।
यस्तै अर्को ‘निर्दयी रैछौँ’ बोलको गीतमा गजित बिष्ट, रेजिना उप्रेती र पुजा भट्टले अभिनय गरेका छन् । दुबै गीतमा अन्जु पन्त स्वर तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
कोही बाँच्छन् काँडाबीचको म्यूजिक भिडियो :
निर्दयी रैछौँको म्यूजिक भिडियो :