साप्ताहिक संवाददाता
आश्विन १६, २०७६
हेमराज वीसीले निर्देशन गरेको चलचित्र ‘घामड शेरे’मा समावेश लोक शैलीको गीत ‘साली मन पर्यो’ सार्वजनिक गरिएको छ । कात्तिकको ८ गतेबाट रिलिजको प्रचारमा रहेको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ । बिहेमा जन्ती गएको भिनाजुले सालीलाई देखेपछि गाएको यो गीतलाई रोचक बनाइएको छ ।
कालिप्रसाद बाास्कोटाको शब्द, संगीत गीतमा अस्मिता अधिकारीले पनि आवाज दिएकी छिन् । चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकको साथमा अतिथी भूमिकामा अभिनेत्री गौरी मल्लको मुख्य भूमिका छ ।
नरेन्द्र विक्रम बुढा कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ ।
गीतको भिडियो :